तनहुँको घासीकुवामा दुर्घटना हुँदा गल्छिका गोबिन्दको मृत्यु

1414 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

तनहूँ- तनहूँको व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा भएको मोटरसाईकल दुर्घटनामा परि धादिङका एक युबकको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ गल्छीका गोबिन्द मगर छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१४प २५१२ नम्बरको मोटरसाइकल ग१ह ०१ नम्बरको अटोसंग ठोकिएको थियो भने त्यसपछि  बा४ख ८९९६ नम्बरको बसमा  ठोक्किन पुगेको  थियो ।

दुर्घटनामा धादिङ गल्छी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा आशिष छन् । घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घाइतेको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र बससहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा दिएका छ ।

गोविन्द सपरिवारसहित डुम्रेतर्फबाट  पोखरा जादै गरेका थिए ।

  • गण्डकी भ्वाइसबाट