मछेडीखोलामा बस ठोक्कियो, १० जना घाईते

1164 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला स्थित पृथ्वीराजमार्गमा आईतबार विहान दुई वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

काठमाण्डौंबाट गोरखाका लागि छुटेको ना ५ ख ५०७० नम्वरको बस र सुर्खेतबाट काठमाण्डौंका लागि छुटेको ना ५ ख ४४९१ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दुवै बसका चालक सहित केही यात्रु घाइते भएपनि उनिहरुको अबस्था सामान्य रहेको र उनिहरुसबैको गल्छी स्थित निजी अस्पतालमा उपचार गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाईतेहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।