सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपाल ( सान )को नयाँ नेत्तृत्व चयन

835 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आदमटार- धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा आदमटारमा रहेको सत्यवती माविका पुर्व बिद्यार्थीहरुको संगठन सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपाल ( सान )को नयाँ नेत्तृत्व चयन भएको छ ।

फागुन २२ गते आईतबार संस्थाको प्रथम महासभाको आयोजना गरि पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न गर्नुका साथै नयाँ नेत्तृत्वको चयन गरेको हो । प्रथम महासभाबाट निर्वाचित कार्य समितिको अध्यक्षमा बद्री सुवेदी,उपाध्यक्षमा नीलकण्ठ खनाल र मेनुका खतिवडा, महासचिवमा दीपक अर्याल, कोषाध्यक्षमा शान्ती पुरी र सचिव राधा अधिकारी र प्रल्हाद लामिछाने चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा परशुराम खतिवडा, नारायण सुवेदी,नमराज खतिवडा,रामजी खतिवडा,जनक श्रेष्ठ , युवराज खनाल, बिमला सेढाई र
रोशन गिरी चयन हुनु भएको छ ।कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्रकुमार बस्नेतको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लक्ष्मण शर्माका साथै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।