रघुजी पन्त बिरुद्ध अदालतमा गाली वेइज्जतीको मुद्धा दायर

961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं २५ फागुन । बिबादास्पद अभिव्यक्तिका कारण नेकपा एमालेका स्थायी समिति सदस्य रघुजी पन्तले गाली वेइज्जतीको मुद्धा सामना गर्नु पर्ने भएको छ ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सांसद ,चर्चित गायिका तथा नेतृ कोमल वलीले पन्त बिरुद्ध काठमाण्डौं जिल्ला अदालतमा मंगलवार गाली वेइज्जतीको मुद्धा दायर गरेकी हुन ।

वलीले आफ्नै पार्टीका नेता पन्तविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन ।

‘उहाँको अभिव्यक्तिले मलाई मात्र होइन, सम्पूर्ण महिलाहरूलाई चोट पुगेको छ । त्यसैले मैले यस्तो प्रवृत्तिको अब अन्त्य होस् भनेर अदालतको ढोका ढक्ढकाएकी हुँ ।’ वलीले वताईन ।

नेकपा एमाले र माओवादी ब्युँतिएसँगै वली र पन्त एउटै पार्टीका सदस्य भएका छन् । पन्तले केही दिनअघि एक भाषणमा ‘वलीले सारी सरक्क पारेर पिंडुला देखाएको भरमा सांसद बनेको’ बिबादास्पद अभिव्यक्ति दिएका थिए ।