तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका धनबहादुरको मृत्यु

905 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

तनहूँ – फागुन २५ । तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ नेत्रावती डबजङ गाउँपालिका वडा नंम्बर ५ का ५३ वर्षका धनबहादुर गुरुङ रहेका छन् ।

गुरुङ तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं। ८, किमलघाटमा बस्दै आएका थिए ।

किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार आईतबार बिहान ११ बजे घटना भएको हो । घटना कसरी हुन गएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको छ ।

  • सांकेतिक तस्बिर