गजुरी महोत्सव अर्को निर्णय नभए सम्मको लागि स्थगित

961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरीमा चैत्र १२ देखि २४ गते सम्म आयोजना हुनलागेको प्रथम गजुरी महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा आएर स्थगित भएको छ ।

साना तथा मझौला व्यवसायी महासंघ धादिङ जिल्ला शाखाले आयोजना गरेको प्रथम गजुरी महोत्सवको उद्घाटनको अघिल्लो दिन कोरोना जोखिमका कारण देखाएर आयोजकले अर्को निर्णय नभए सम्मको लागि स्थगित भएको जानकारी गराएको छ ।

आयोजकले बुधबार बिहान महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभए सम्म महोत्सव स्थगित गरिएको जानकारी दिएको हो ।
मंगलबार गजुरी गाउँपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरि देशमा कोरोनाको त्रास कायमै रहेकाले भिभाड हुने कुनै पनि कार्यक्रम नगर्न सार्वजनिक अपिल गरेको थियो ।