धादिङ न्यूज डट कम नवौं बर्षमा प्रवेश

1073 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आशा एवम बिश्वास गरौं भोलीका दिन अबस्य सहज हुनेछ । अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड –१९ को त्रास बढ्दो छ । नेपाल लगायत विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ ।

उक्त भाइरस फैलिन नपाओस भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् । यति बेला हामी सबै सुरक्षित रहँदै स्वास्थ्यको ख्याल गर्नुपर्ने अबस्था रहेको छ । तपाईहरु जो जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस भन्ने कामना गर्दछौं ।

यसै बिच धादिङ जिल्लाबाट संचालित धादिङ न्यूज डट कम अनलाइन खबर पत्रिका आजबाट आठौ वर्ष पार गरि नवौ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम हाम्रा सम्पूर्ण पाठक,स्तम्भकार,लेखक,समाचारदाता, बिज्ञापनदाता, वेभ डिजाइनर, सहकर्मी टिम तथा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग, समर्थन,प्रतिकृया,सुझाव र सल्लाह दिंदै हाम्रो यात्रालाई निरन्तरता दिन साथ दिनुहुने तपाईहरु सवैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । सत्य तथ्य समाचार सदैव तपाईंहरूलाई पस्कने प्रतिबद्धता व्यक्त गर्दै भोलीका दिनमा पनि तपाईंहरूको साथ, माया र सद्भाव पाईरहने विश्वास लिएका छौं । अहिलेको बिषम परिस्थितिका कारण हामीले कुनै औपचारिक कार्यक्रम गर्न सकेनौं ।

आजको दिन सम्म यहांहरुको सल्लाह,साथ र सहयोगले हामीलाई जुन उत्साह र हौसला मिलेको छ त्यस्ले निरन्तरता पाईरहनेछ भन्ने विश्वास लिएका छौं । अन्य संचारमाध्यमबाट गरिने पत्रकारिता भन्दा अनलाइन पत्रकारिताले अहिले विश्वभरनै विकासको गति समातेको छ । पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता निकै बढ्दो छ । छोटो समयमै अनलाइन पत्रकारिताले परम्परागत सञ्चारमाध्यमलाई चुनौति दिन सक्षम भइसकेको छ । विश्वभरमै परम्परागत मिडियाहरु अहिले पूर्णरुपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारिताको विकास र विस्तार तिव्र गतिमा हुनुले पनि अनलाइन पत्रकारिता धेरैको रोजाईको बिषय बनेको कुरालाई आत्मसाथ गर्दै २०७० साल जेठ २ गते हामीले धादिङ न्युज डट यहांहरुका माझ प्रस्तुत गरेर २०७० असार २१ गते औपचारिक रुपमा यस अनलाइनको शुभारम्भ गरिएको थियो ।

धादिङ न्यूज डट कम लाई हामी यस मानेमा जिल्लाको पहिलो अनलाईन पत्रिकाको दावी गरिरहेका छौं । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले अनलाईन मिडियाहरुको व्यवस्थापनका लागि प्रेस काउन्सिल नेपाल मार्फत आव्हान गरेको अनलाईन पत्रिका सूचिकरणमा धादिङ न्युज डट कम देशभरीवाट दोश्रो नम्बरमा र धादिङ जिल्लाको पहिलो अनलाइन पत्रिकामा सूचिकृत हुन सफल भएको थियो । राजधानीको छेउमै रहेको धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर ‘संसारभर धादिङको खबर भन्ने मुलमन्त्रका साथ ‘धादिङ न्यूज डट कम ’सुरुवात गरिएको हो । धादिङ जिल्लामा जन्मिएर नेपाल र विश्वभरी छरिएका धादिङबासीका साथै धादिङ जिल्लालाई नजिकवाट नियाल्न चाहनेहरुलाई छिटो–छरितो रुपमा धादिङ जिल्लाको सूचना,समाचार बिचार र अन्य जानकारी प्रवाह गर्नु धादिङन्यूजको मुख्य लक्ष्य रहेको छ । यहि लक्ष्यमा अडिग रहंदै हामीले आठ बर्ष पूरा गरेका छौं ।

सत्य तथ्य र छिटो–छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लेषणमार्फत आमजनतामाझ आफ्नो मिडियालाई पु¥याउन धादिङकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रुपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै स्वदेशी पाठक र सञ्चारकर्मीहरुका साथै विदेशमा बस्ने धेरैभन्दाधेरै नेपालीहरुलाई धादिङन्यूज अनलाइन को महत्वपूर्ण अंशियारकै रुपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी सदैव दृढ संकल्पित छौं । परिर्वतनको सबैभन्दा ठूलो हतियार संचार हो । यसको लक्ष्य भनेको सूचना र संचारका माध्यमबाट आर्दश समाजको निमार्ण गर्नु हो । हामी पनि त्यही आर्दश समाज निमार्णका लागि जुटेका छौं । त्यसको प्रतिफल नै धादिङन्यूज डट कम (अनलाइन पत्रिका) हो । हाम्रो यो आर्दश समाज निमार्ण र चेतनामूलक समाज निमार्ण गर्ने अभियानमा तपाईहरुको साथ र सहकार्यको हामीलाई सदैव खाचो पर्दछ ।

राजनैतिक मतभेद,हत्याहिसां,निराशा, सामाजिक विभेद जस्ता विषय बस्तुलाई हामीले प्राथमिकता दिने गरेका छैनौं । मुलधारका संचार माध्यमले जिल्लाका सबै समाचार समेटन नसक्ने यथार्थतालाई नजिकबाट नियाल्दै हामीले धादिङन्यूज मा स्थानिय विषयमा धेरै भन्दा धेरै समाचार संप्रेषण गर्ने जर्मको गरिरहेका छौं । धादिङन्यूज मार्फत जिल्लाको शिक्षा, स्वास्थ्य, बन तथा बातावरण,बिकास, कृषि, ब्यबसाय, पर्यटन तथा सामाजिक सबाल र सामाजिक परिवर्तनहरु लाई हामी समाचारमा पहिलो प्राथमिकता दिने छौ । हाम्रो यात्रालाई अझै परिष्कृत र व्यवस्थित बनाउन तपाईंहरुको सकारात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछौं । तपाईहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधै अपेक्षा गर्दछौं ।