आँखुखोलाले बगाएर श्रीमान श्रीमतीको ज्यान गयो

931 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ जेठ – धादिङको गंगाजमुना गाउँपालिकाका एक दम्पतीको आँखुखोलाले बगाएर ज्यान गएको छ । जिल्लाको नेत्रावतीडवजोङ र गंगाजमुना गाउँपालिकाको विचमा पर्ने आँखुखोला तर्नेक्रममा गंगाजमुना गाउँपालिका–३ मम्वैका ६२ वर्षिय लुर बहादुर गुरुङ र ६० वर्षिया असारी माया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । मृतक श्रीमान श्रीमती हुन ।

शनिबार विहान साढे ७ बजेको समयमा आँखु खोला तर्ने क्रममा बगाएर उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव खोलातर्न लागेको भन्दा २ सय मिटर तल बगरमा भेटिएको पनि प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।

मृतकका छोरा १८ वर्षिय छोरा कविन गुरुङका अनुसार बाबु विरामी भएर उपचार गर्न जानको लागि भनेर बाबु आमा बिहान घरबाट निस्केका थिए । खोलाले वगाएर मृत्यु भएको अबस्थामा गाउँलेले खबर गरेपछि आंफुले थाहा पाएको उनले बताए ।