धादिङको अस्थायी कोभिड अस्पताललाई सहयोग जुटनेक्रम जारी रेडक्रस धादिङले उपलव्ध गरायो स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु

760 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, जेठ १४ । धादिङको सदरमुकाम धादिङबेसीमा जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताललाई आवश्यक पर्ने सामानहरु सहयोग जुटनेक्रम जारी रहेको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

शुक्रवार विहान धादिङ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला र अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झालाई रेडक्रस धादिङका सभापति नारायण तिमिल्सिनाको नेत्तृत्वमा रहेको टोलीले समानहरु हस्तान्तरण गरेका हुन् ।

रेडक्रसले कोभिड अस्पताललाई अक्सिजन कन्सनटेटर १ थान, मेडिकल सर्जिकल मास्क १ हजार थान, केएन नाइन्टि फाईभ मास्क सय थान, पिपिई ४ थान, कम्बल २० थान, अटोमेटिक स्प्रे मेसिन १ थान, क्लोरिन ५ लिटर, स्यानीटाईजर ५ लिटर, ह्याण्ड स्यानिटाईजर ९ वटा, डिटोल साबुन ६० वटा, बाल्टीन १० थान, जग १० थान, व्यक्तिगत सरसफाइ सामाग्री ९ब्रस, मन्जन, साबुन, टावेल० २५ थान र शव ब्याग ५ थान सहयोग गरेको रेडक्रस धादिङका सभापति तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसै गरी अस्पतालमा खाली रहेको २० ओटा अक्सिजन सिलिन्डर भरेर ल्याउन २० हजार नगद समेत सहयोग गरिएको पनि सभापति तिमिल्सिनाले वताउनुभयो ।

त्यसैगरी, पूर्वमन्त्री कल्पना धमलाको पहलमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा।काशिराज पाण्डे, डा। दिलशा सिंखडा तथा अस्ट्रेलियामा बसोबास गर्दै आएका दिपक धमलाको सहयोगमा पनि अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

पूर्वमन्त्रीको पहलमा विहिबार सर्जिकल मास्क ५ हजार थान, स्यानिटाइजर १० लिटर, सर्जिकल ग्लब्स १०० बक्स र अक्सिजन फ्लोमिटर १० थान प्राप्त भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।