रुवीभ्यालीको बहुमुल्य खनिजको उत्खनन तथा प्रशोधन गरिने

1077 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -धादिङको रुवीभ्यालीमा खेरगईरहेको बहुमुल्य पत्थरको उत्खनन तथा प्रशोधन गरिने भएको छ ।
आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रुवीभ्याली क्षेत्रको बहुमुल्य खनिजको उत्खनन तथा प्रशोधन गर्ने वताउनु भएको हो । यसै गरी रुवीभ्याली क्षेत्रमा पर्यटन पद मार्ग समेत निर्माण गरने वजेटमा बताईएको छ ।

रुवीभ्याली क्षेत्रमा विभिन्न किसिमका बहुमूल्य र अर्ध बहुमूल्य पत्थर रहेको भएपनि त्यस्को उचित सदुपयोग हुन नसक्दा अरवौं रुपैयाँ खेरगईरहेको छ । रुवी, क्रिस्टललगायतका बहुमूल्य रत्न पाइने रुबी भ्याली भौगोलिक हिसाबले विकट भए पनि सांस्कृतिक हिसाबले निकै सम्पन्न छ ।