बालविकास केन्द्रका शिक्षिकाको तलब अब १५ हजार रुपैयाँ

1193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको वजेट सवाएजनिक गर्दै प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याएको घोषणा गरेको छ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गर्दै का अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनु भएको हो

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याइएको र त्यस्का लागि ५ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।