धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

1638 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो ।

अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र देशभरका स्थानीय तहका लागि विनियोजित समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा बजेट सार्वजनिक गरेको हो ।

यसैगरी धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरुमध्ये सबैभन्दा वढि बजेट निलकण्ठ नगरपालिकाले पाएको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा परेको छ ।

धादिङको १३ वटा स्थानिय तहहरू मध्ये निलकण्ठ नगरपालिका – ६३ करोड १ लाख, धुनिवेसी नगरपालिका – ३७ करोड २८ लाख, थाक्रे गाउँपालिका – ४५ करोड १५ लाख, गल्छी गाउँपालिका – ३५ करोड २९ लाख, गजुरी गाउँपालिका – ३८ करोड १५ लाख, बेनिघाट रोराङ गाउँपालिका – ४५ करोड ९५ लाख, सिद्धलेक गाउँपालिका – ३७ करोड ३५लाख, ज्वालामुखी गाउँपालिका – ३४ करोड ४५ लाख, त्रिपुरासुन्दरी गाउँपालिका – ४० करोड ८ लाख, गँगाजमुना गाउँपालिका – ३९ करोड ६७ लाख, नेत्रावती डवजोङ्ग गाउँपालिका – २३ करोड ८१ लाख, खनियावास गाउँपालिका – २३ करोड ८६ लाख र रुबिभ्याली गाउँपालिका – १६ करोड ४९ लाख रहेको छ ।

चालु आर्थिक बर्षका लागि धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरू मध्ये निलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख, धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख, थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख, गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख, गजुरी गाउँपालिका – ३२ करोड २९ लाख, बेनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख, सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख, ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख, त्रिपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख, गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख, खनियावास गाउँपालिका – १९ करोड ९८ लाख र रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख रकम विनियोजन गरिएको थियो ।