संगम साकोसद्धारा त्रिशूली अस्पताललाईआईसियु बेड र मोनिटर हस्तान्तरण

827 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट- संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशूली अस्पताललाई आईसियु बेड र  मोनिटर उपलब्ध गराएको छ ।

कोरोनाभाईरस (कोभिड –१९) को संक्रमणका कारण उपचारका लागि नुवाकोट ,रसुवा र धादिङबाट अस्पतालमा आउने विरामीको चाप बढ्दै गएपछि सहकारीले सामाजिक उतर दायित्ववोध गरि १/१ थान आईसियु बेड  र मोनिटर अस्पताललाई उपलव्ध गराएको हो ।
नेपाली इन ओक्यामा जापान संस्थाका संयोजक नवराज वस्नेत (वि न पा ९ ,हाल जापान) को अग्रसरतामा आँशिक आर्थिक सहयोग प्राप्त गरि संगम सहकारीको समेत आर्थिक सहयोगमा अर्को १/१ थान आईसियु बेड  र  मोनिटर समेत गरि २/२ थान उपकरण  जेष्ठ १६ गते आईतवार विहान  संस्थाका अध्यक्ष नारायण श्रेष्ठ र विदुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शनि चित्रकारले  हस्पिटलका म्यानेजर रिकेश रानालाई हस्तान्तरणगर्नु भएको हो ।

हस्तान्तरण गरिएको २ वटा आईसियु बेड र मनिटरको मूल्य करिव रु. ६ लाख रहेको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हस्पिटल म्यानेजर रानाले अस्पतालमा अहिलेको महामारीमा सुविधा प्रदान गर्न सहयोगी हुने भएकोले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै हाल ६ आईसियु र ४ भेन्टीलेटर गरी १० बेड रहेकोमा अब देवी कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको जानकारी दिनुभयो ।

सहकारीले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर र पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको थियो । गतवर्ष विदुर नगरपालिकाको कोरोना राहतकोषमा ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो । जिल्ला सहकारी संघ र नुवाकोट वचत तथा ऋण सहकारी संघ ,नुवाकोटको राहतकोष खातामा समेत सहयोग गरेको संस्थाले जनाएको छ ।

 सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको संस्थाका व्यवस्थापक अजयकुमार थापाले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।