धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन

1084 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , २१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । पौडेलको निधनको खबरले धादिङ जिल्लाको न्यायिक क्षेत्र, सरकारी निकाय, कानून व्यवसायी तथा आम नागरिक समाज स्तव्ध भएको छ ।

५५ वर्षका पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाण्डौको स्टार अस्पतालमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल ०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो । कोरोना सङ्क्रमण भएपछि गएको २० दिनदेखि उहाँले उपचार गराइरहनुभएको थियो ।
पौडेलका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।