छुट्टाछुट्टै दुर्घटनामा परेर धादिङका ३ जनाको मृत्यु

757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ।  शनिवार धादिङ र गोर्खा जिल्लामा भएको तीन वटा सवारी दुर्घटनामा परि धादिङका तीन जनाको मृत्यु भएको छ ।

धादिङको गल्छी गाउँपालिका ७ भलटारमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट स्थानीय ३० वर्षीय नवराज घिमिरेको शनिबार राति मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी धादिङको धुनिवेशी नगरपालिका ९ काफलचौरमा ट्रक सडकबाट खस्दा चालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्र्षीय रामकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तामाङको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै गोरखाको पालुङटार नगरपालिका–९ मसानठाँटीमा ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने धादिङ दार्खा घर भएका २० वर्र्षीय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(नोट : तस्बिर सांकेतिक रुपमा प्रयोग गरिएको हो )