गल्छीको जिन्टेटारमा त्रिशूली नदीमा दुई महिलाको शव भेटियो

2540 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ असार । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदी किनारमा दुई जना महिलाको शव भेटिएको छ ।
प्रहरी कार्यालय बैरेनीका अनुसार गल्छी गाउँपालिका वडा नम्बर ६ जिन्टेटार नजिकै त्रिशुली नदी किनारमा बुधवार बिहान साँढे ९ वजेको समयमा दुई महिलाको शब कुहिएको अबस्थामा फेला परेको हो ।

नामथर , बतन केही नखुलेको अन्दाजी ३५ ÷४० बर्ष जतीको देखिने दुई जना महिलाको शव कुहिएको अबस्थामा नदीको तिरमा फेला परेपछि तत्काल प्रहरी, जनप्रतिनिधि र स्थानीय वासीले शव पहिचानको लागि पहल गरेपनि केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

त्रिशूली नदी किनारमा दुई शब देखिएको सूचना पाउना साथ घटना स्थल पुगेर पहिचानको लागि कोशिस गरेपनि केही नखुलेपछि दुबै शब पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौ पठाईएको र शव भेटिएको बारेमा सर्वसाधरणलाई जानकारी गराईएको गल्छी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजन श्रेष्ठले वताउनुभयो ।

एकै उमेर समूहका जस्ता देखिने दुई महिलाको शव कसरी त्यहाँ आईपुग्यो भन्ने बारेमा केही खुल्न नसकेपनि नदीले बगाएर ल्याएको शवको प्रकृति हेर्दा शंकास्पद अवस्था देखिएको स्थानीयवासीले वताएका छन् ।

  • फाईल तस्बिर गुगलबाट