धादिङका सहायक वन अधिकृत पौडेल घुससहित रंगेहात पक्राउ

869 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ असार । सेवाग्राही संग घुस रकम लिएर गर्ननहुने काम मिलाईदिन लागेको आरोपमा धादिङको नीलकण्ठ सवडिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राही संग ४० हजार नगद घुसवापत लिएर गैरकानूनी काम गरेको आरोपमा पौडेललाई अख्तियार टोलीले आईतबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताउनुभयो ।

एक फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ नियन्त्रणमा लिई अनुसन्धान गर्र्ने बहानामा ४० हजार नगद मागेर कागजपत्र मिलाईीदन खोजेको आरोपमा पौडेल पक्राउ परेको वताईएको छ । पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिनुभयो ।

पौडेलले नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङमा गत बर्षको कात्तिक देखि कार्यलय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

  • तस्बिर : शंकर श्रेष्ठबाट