त्रिपुरासुन्दरी गाउँपालिकामा घाँसे सप्ताह सुरु

943 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

त्रिपुरासुन्दरी गाउँपालिकाले गाउँपालिका भित्र घाँसे सप्ताह सुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शम्भु थापा, उपाध्यक्ष देवी बुर्लाकोटी लगायतले किसानहरुलाई उत्साहित गर्दै घाँसका विरुवा लगाउनुभएको छ ।

टाँकी, कोइरालो, इन्दु, बदामे, मेन्दोला, स्टाइलो लगायतका कोसे घाँस, निमारो, राइखन्यु, सुपरनेपियर, मोलासेस, मोल्याटो, किम्बु, बकाइनो लगायतका अकोसे घाँस, बुट्यान तथा भुइँ घाँस किसानहरुलाई उपहार प्रदान गरिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्र्तगत यो साता ८३ हजार ८ सय १८ घाँसका विउ र विरुवा वितरण गरिएको सहयात्री समाजका प्राविधिक संयोजक धनन्जय न्यौपानेले बताउनुभएको छ । ३ सय ५५ जना किसानहरुलाई घाँसका विरुवा उपहार प्रदान गर्नुका साथै किसानहरुले समेत एकापसमा घाँसका विरुवा साटासाट गरी लगाउन थाल्नुभएको छ ।

यसअघि किसानहरुलाई ४ सय ४९ वटा बाख्रा र १२ वटा ब्याड बोका उपहार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभएको छ । यो सँगै ४ सय ४५ आँप, ७ सय ८४ कागती, २ सय १३ अम्बा, ३ सय ९७ लिच्ची, ५ सय २ केरा गरी २ हजार ३ सय ४१ फलफुलको विरुवा समेत उपहार दिएको छ ।