धादिङमा असार १५गते राती १२ बजे सम्म थपियो निषेधाज्ञा

852 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ असार । धादिङमा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि गएको बैशाख २१ गते देखि जारी निषेधाज्ञा सोमबार मध्यरातपछि सकिने भएपछि एक हप्ताका लागि असार १५ गते सम्मको लागि थपिएको हो । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेका बैठकले यही असार १५ गते राती १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

होटल, रेष्टुराँले बिहान ८ वजे देखि सांझ ८ वजे सम्म १२ बजेसम्म ‘टेक अवे‘ सेवा प्रदान गर्न पाउने भएका छन् ।
‘पार्टी प्यालेस’ सौन्दर्य व्यवसाय, सैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर स्विमिङपुल, हाटबजार बाहेकका पसल व्यवसाय दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय सहकारी, बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सिमित कर्मचारी मार्फत सेवा दिने व्यवस्था मिलाउन निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।

मानिस भेला हुने र भीडभाड हुनेजस्ता सबै कार्यक्रममा भने रोक लगाइएको छ । बिबाह, ब्रतबन्ध,मृत्युसंस्कार लगायतका परम्परागत धार्मिककार्यहरु अधिकतम १० जना मात्रै सहभागी हुन पाउने भएका छन् । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा अपनाउन सर्वसाधारणमा आग्रह गरिएको छ ।