खाद्यान्न संकट भएका विकटका गाउँमा खाद्यान्न सहयोग

1732 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको बेनीघाटरोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भालटार, थरीगाउँलगायतका बस्तीका वासिन्दालाई खाद्यान्न सहयोग गरिएको छ ।

मंगलबार विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर सिस्नु, चिउरी, टाँकीको मुण्टा र गिट्ठा भ्याकुर लगायतका कन्दमुलहरु खाएर भोक मेटिरहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको हो । बीस जना सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।

जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौंले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पु¥याएको छ । विभिन्न दाताबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवारमा खुशीयाली छाएको छ ।

हरेक बर्ष यो समयमा दक्षिणी धादिङको विकटका बस्तीमा खानेकुराको अभाव हुने गर्दछ ।