मुटुरोगीका लागि शिविर आयोजना गरिने

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङवेसी । जिल्लाका मुटु–रोगीहरुलाई मध्यनजर गर्दै शिविर संचालन गरिने भएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र नर्भिक इन्टरनेशनल नेपालको संयूक्त आयोजनामा मुटुरोगीहरुका लागि भाद्र ८ गते शनिबार धादिङवेसी स्थित जिल्ला अस्पतालको प्राङ्गणमा शिविर संचालन गर्न लागिएको हो ।heart
शिविरमा नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. भारत राउतको नेतृत्वमा एक टोली धादिङ आउने तयारी भएको हृदय रोग निवारण संस्था धादिङका सचिव राजकुमार श्रेष्ठले बताउनुभएको छ ।
प्रतिष्ठानले शिविर संचालन गर्नका लागि सोमबार एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको सभाहलमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शिविर सम्पन्न गर्ने बारे छलफल गरेको हो । कार्यक्रममा जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेन्ट डा.रसिला अमात्य, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मछिन्द्र न्यौपाने, नेपाल क्षयरोग निवारण प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु, जिल्ला विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु, जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
शिविर संचालनको लागि सोमबार नै विभिन्न आठ वटा तयारी समितहरु समेत गठन गरिएको छ । शिविर संचालन तयारीका लागि बनेको समितिहरुमा प्रचार प्रसार, शिविर व्यवस्थापन, अभिमूखीकरण, आर्थिक व्यवस्थापन, अतिथि सत्कार, स्वयम्सेवक, औषधी तथा उपकरण व्यवस्थापन र यातायात (एम्बुलेन्स) व्यस्थापन समिति लगायतका तयारी समितिहरु रहेका छन् ।
भाद्र ८ गते शिविर सम्पन्न गरेलगतै मुटु रोगीहरुका लागि अभिमूखीकरण कार्यक्रम समेतको आयोजना गरिने आयोजक प्रतिष्ठानले जानकारी दिएको छ । जिल्लामा मुटु रोगीहरुको संख्यामा बृद्धि भईरहेको र त्यसलाई न्यूनीकरण गर्नका लागि अभिमूखीकरण कार्यक्रमले सहयोग गर्ने आयोजकको भनाई छ । मुटु जस्तो सम्बेदनशील अंगको उपचारका लागि आत्मबलको समेत आवश्यकता भएकाले रोगीहरुको उपचारसंगै अभिमूखीकरण कार्यक्रम समेत आयोजना गर्नु फाईदाजनक भएको आयोजक संस्था नेपाल हृदयरोग प्रतिष्ठानका उपाध्यक्ष पार्वती खाँडले बताउनुभयो । म आफू पनि यो समस्याबाट ग्रसित मान्छे भएकाले अभिमूखीकरण आति आवश्यक छ उहाँले भन्नुभयो ।
पछिल्लो समय जिल्लामा मुटुको रोगी अत्याधिक मात्रामा बढेको औषधी व्यवसायी राजेश्वर पाण्डेको भनाई छ । पछिल्लो समय आफ्ना पसलबाट मात्रै मुटु रोगीहरुले प्रसस्त मात्रामा औषधीहरु लैजाने गरेको भन्दै उहाँले शिविरले धेरै रोगीहरुलाई लाभ पु¥याउनुपर्ने बताउनुभयो । मुटुरोग संबेदनशील तथा जीवनसंगकै सम्वन्ध रहेकाले मुटुरोग
निवारणका लागि जस्तो काम गर्न हृदय रोग प्रतिष्ठानका लागि सम्भव र सहज भने छैन । सदरमुकामका स्थानीय केही अगुवाहरुको नेतृत्व, लगनशीलता र क्रियाशीलता या र राम्रै पहलकदमीबाट मात्रै यस्तो रोगहरुको निवारणका लागि काम गर्न सकिन्छ । केही समय अघि मात्रै स्थापना गरिएको प्रष्ठिानले प्रष्ठिानको उद्देश्य अनुसार नै आफ्ना कामहरु अगाडी बढाएको छ, धादिङमा दुई महिना अघि मात्रै हृदयरोग निवारण प्रतिष्ठानको गठन भएको थियो ।