धादिङबेसीमा मुटुरोग सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर

555 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷धादिङबेसीमा मुटुरोग सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । DSC00176
नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको आयोजनामा र धादिङ जिल्ला अस्पतालको व्यवस्थापनमा शनिवार जिल्ला अस्पताल धादिङमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ४९ जना विरामीको मुटुको परिक्षण गरिनुका साथै आवश्यक औषधि र परामर्श सेवा समेत दिईएको प्रतिष्ठानले जनाएको छ ।
नर्भिक अस्पताल थापाथलीका बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर भारत रावतको नेत्तृत्वमा रहेको बिशेषज्ञ चिकित्सकहरुले विरामीको परिक्षण गर्नुका साथै आवश्यक परामर्श सेवा दिएका थिए । शिविरमा ३० जना विरामीलाई इसिजीे,७ जनालाई इको सेवा दिनुका साथै परिक्षण गरिएका विरामीलाई आवश्यकता अनुसार औषधी र परामर्श सेवा दिनुका साथै सुगर परिक्षण समेत गरिएको थियो ।
शिविर पश्चात नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङले आयोजना गरेको मुटुरोग सम्वन्धि अभिमुखीकरण कार्यक्रम डाक्टर भारत रावतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नन्दप्रसाद रिजाल,अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रसिला अमात्यका साथै जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा भुपेन्द्र श्रेष्ठ,पार्वती खांड लगायतका व्यक्तिले मुटुरोग सम्वन्धि समस्याका वारेमा आफ्नो अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा डाक्टर रावत र प्रतिष्ठानका सचिव रामहरी रेग्मीले मुटुरोग,लाग्ने कारण, उपचारका प्रकृया,सावधानी अपनाउनु पर्ने बिषयहरुका वारेमा कार्यपत्र मार्फत सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।