निःशुल्क चिकित्सक परामर्श एवम् शैक्षिक सामग्री वितरण

581 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बाबुराम श्रेष्ठ
धादिङ/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सि.वि.आर. परियोजना धादिङले शारिरीक रुपले अपाङगता भएका वालबालिकाहरुलाई निःशुल्क चिकित्सक परामर्श दिनुका साथै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
DSC04430 अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको आयोजनामा सञ्चालित शिविरमा शारीरिक रुपले अशक्त भएका १६ बर्ष सम्मका १८ जना विरामी बालबालिकाहरुलाई अर्थोपेडिक सर्जक डा. रामकृष्ण बराकोटीले फिजियो थेरापी गराउंदै आवश्यक परामर्श दिनुभएको थियो । शिविरमा २ जना विरामीलाई विशेष किसिमका लागि जुत्ता नाप गरिनुका साथै ३ जना विरामीहरुलाई अप्रेशनको लागि अपाङगता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपामा पठाइएको परियोजनाका सामाजिक परिचालक लेखनाथ आचार्यले बताउनुभयो ।
शिविरकै अवसर पारेर शारिरिक रुपले अपाङ्गता र आर्थिक स्थित कमजोर भएका १८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री पनि वितरण गरिएको थियो । अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाद्धारा संचालित सि.वि.आर. परियोजना धादिङ्गले शारीरिक रुपले अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको संस्थाका सुपरभाइजर जिवन केसीले जानकारी दिनुभयो । अपाङ्गता भएका बालबालिकाहरुका लागि अन्य संघ संस्था र सरकारी निकायवाट समेत सहयोग नहुने नगरेकोले सिविआर परियोजनाले केही सहयोगको सुरुवात गरेको केसीको भनाई छ ।
कार्यक्रममा सि.वि.आर.परियोजना धादिङका सुपरभाइजर जिवन केसी, संस्थाका सामाजिक परिचालक लेखनाथ आचार्य, विष्णकुमार श्रेष्ठ, फिजियो टेक्निसियन पवित्रा थिङ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एवम् सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।