बस दुर्घटना हुँदा मलेसियमा दुई नेपालीको ज्यान गयो

957 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेसिया/ मलेसियामा विहिबार भएको बस दुर्घटनामा २ नेपाली श्रमिकसहित ३७ जनाको ज्यान गएको छ । गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुर आउँदै गरेको यात्रुबाहक बस जलान गेन्तिङ चिनियाँ मन्दिर नजिकैको सडकबाट ६० फिट तल खसेर सो दुर्घटना भएको हो । घटनामा नगेन्द्र राई र प्रेमबहादुर बुढा मगरको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा मृत्यु भएकाहरुको लाश पोष्टमार्टम गर्न क्वालालम्पुर अस्पतालमा राखिएको छ ।

मृतक नेपालीहरुको नाम खुलेपनि उनीहरुको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन । घटनाबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको नेपाली दुतावासले जनाएको छ । बस दुर्घटनामा परी मृत्यु हुनेहरुमा २४ पुरुष र १३ महिला छन् । तीमध्ये १४ मलेसियाली यात्रु हुन् । घटनामा मृत्यु हुनेमा बंगलादेशी, इण्डोनेसियाली, थाई र कोरियाली नागरिक पनि छन् ।