लीलावतारका पूर्ण रुप , कर्मवादका प्रणेताश्रीकृष्ण !

775 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                                -बद्रीप्रसाद दाहाल 

यसपालि श्रीकृष्ण जन्माष्टमी भाद्र १२ गते परेको छ । यस दिन तमाम हिन्दूहरु लीला पुरुषोत्तमको जन्म उत्सव व्रतोपासना गरेर भव्य रुपमा मनाउ‘दछन् । भगवान् श्रीकृष्ण शास्त्रमा वर्णित अवतारमध्ये सबैभन्दा महनीय अवतारको रुपमा संस्थापित छन् जनजनको मुटुमा । अवतारवादमा विश्वास गर्ने हिन्दु संस्कृतिका तमाम समुदाय पुराण प्रतिपादित विभिन्न अवतारमध्ये श्रीकृष्णलाई साक्षात् भगवान्को रुपमाश्रध्दा , आदर र अर्चना गर्दछन् । अवतार समयअनुसार विभिन्न किसिमका हुन्छन् जस्तै—अंशावतार ,अंशंशावतार , आवेशावतार , कलावतार , नित्यावतार , युगावतार आदि । मूलतःअवतारको प्रयोजन के हो ?भन्नेबारे स्वयं भगवान् भन्छन् —‘ परित्राणाय साधूनांम् , विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय संभवामियुगे युगे ।।’ अर्थात् सज्जन पुरुषहरुको उध्दारको लागि , पापकर्म गर्नेहरुको विनाशको निमित्तधर्मलाई सही तबरमा संस्थापनार्थ म युग—युगमा उत्पन्न हुन्छु ।यहॉ धर्मको अर्थ न्यायहो भने पापको आसयअन्यायहो । जब अन्यायले चरम रुप प्रदर्शन गर्न थाल्छ तब त्यसलाई संहार गर्न औतारीहरुको अवतरण हुन्छ । यसैले अवतार भनेको अव्यवस्था , अराजकता , अन्याय , अपमानबाट जर्जर समाजलाई सुव्यवस्था , सुशासन , न्याय र आत्मसंमान दिनगुरुतमभार लिने महापुरुषीय आगमनहो ।त्यही अलौकिक विम्ब बोकेको सगुण , साकार अर्थात् सत् , चित् र आनन्दका प्रतिमूर्ति हुन् लीलावतार परम पुरुषश्रीकृष्ण भगवान् ।

श्रीकृष्णको आगमन यदुवंशी वसुदेव र देवकीमार्फत भाद्र कृष्ण पक्षको अष्टमी तिथिको मध्यरातमा मथुराको बन्दीगृहमा भएको हो । उनी साहित्य , सङ्गीत , कला , राजनीति र दर्शन शास्त्रका समेत मर्मज्ञमात्र नभएर स्वयं महान् दार्शनिक थिए । कृष्ण भगवान्को रुपलावण्य ,ं चरितचर्या र कर्मवादी दिनचर्याबाट प्रभावित भएर कति मीठो स्तवन गरेका छन् — ‘ अधरं मधुरं वदनं मधुरम् , हसितं मधुरं चलितं मधुरम् । वमितं मधुरं शमितं मधुरं मधुराधिपते ः अखिलम् मधुरम् ।। ’ यसरी श्रीकृष्ण चन्द्र भगवान् सबै दृष्टिबाट मधुरताको खानीहुनुहुन्थ्यो । श्रीकृष्णको अद्भूत चरित्रको बयान ब्रह्मपुराण , अग्निपुराण , विष्णुपुराण , पद्मपुराण , हरिवंशपुरा–णलगायत महाभारत , किरातार्जुनीय , वेणीसंहार , शिशुपालवध , जैन साहित्य र प्राकृत तथापालीमा समेत उनको गुणानुवाद हु‘दै आएको छ । आजआएर त अङ्ग्रेजी , रुसी , जर्मनी , जापानी जस्ता धेरै भाषामाश्रीकृष्णको लीलावतारको महिमागानगाइएको छ ।
वसुदेवसित देवकीको विवाह सम्पन्न भैसकेछि आफ्नीकाकाकी छोरीलाई डोलीमा राखेर जब कंशासुर बोकी पु¥याउनजॉदै थियो त्यही वेला आकाशवाणी यस्तो भयो —‘ तिमीजसलाई पु¥याउनजॉदैछौ तिनैको आठौं गर्भबाट जन्मिएको छोराले तिम्रो वधगर्ने छ । ’ यो सुन्ने बित्तिकै कंशराजचकितहु‘दै उसले आफ्नीबहिनीलाई मार्छु भनेर तुरुन्तै चड्कियो । लगत्तै वसुदेवले विनम्रतापूर्वक भने ‘ कृपयाआफ्नीबहिनीको हिंसा नगर्नु होस् , बरु मजन्मने वित्तिकैको वच्चालाई हजूरसमक्षबुझाउने छु । त्यसपछिकंशले वसुदेव र देवकीलाई जेलमाहालि–दियो । यो कुराको विरोध गर्दा कंशकाबाबु ऊग्रसेनसमेत कारागारकापाहुनाबन्नपुगे । अनिकंशले आफैलाई राजा घोषणा गरेर मथुरामाराजबmाजचलाउनलागे ।

गर्भबाट बाहिर आउ‘दादेखि नै भूमिगतजीवनको दिनचर्या बेहोर्न परेका कृष्ण सानैदेखि अद्भूतशक्तिशालीथिए । उनको बाललीलाअत्यन्त लालित्यपूर्ण , पराक्रमी ,अलौकिक र कालजयी छ । ११ वर्ष ३ महिनाव्रजकुलमा रह‘दायिनले देखाएकालीलाकल्पनातीतबनेर रहेको छ । त्यसपछिअवन्तिमागएर अध्ययन गरे । आफ्ना गुरुलाई गुरुदक्षिणाको रुपमागुरुपुत्रलाई बचाइ–दिए । जरासन्ध , कालयवन , दन्तवक्त्र , शाल्व , शिशुपाल , जस्ता त्यो समयकाचर्चित तर ऊग्र नकारात्मक सोच भएका अराजकहरुको टुङ्गो लगाएर बक्कासुर , अघासुर , वृत्रासुर , धेनुका–सुर, भौमासुरलगायतका असंख्य राक्षसीवृत्तिको संहार गरे । स्वयं स्वर्गका राजाइन्द्रको अभि–मानतोड्न यिनले गोवर्धन पर्वत उचालेर गोपाल बस्ती जोगाएको मिथकनिकै रोचक छ । अर्जुनलाई विश्वरुप देखाएर , गोपिनीहरुलाई बॉसुरीको धुनमा लठ्याएर , पुतनालाई हेर्दाहेर्दै सि– ध्याएर यिनले प्रदर्शन गरेको लोकोत्तर महानायकत्व सबै पाठकको लागिअत्यन्त रोचक छ । मूलतःअर्जुनलाई माध्यमबनाएर अठ्ठार अध्यायको श्रीमद्भगवत्गीतादिएजुन संसारभरि कै उदात्तग्रन्थको रुपमाहजारौं वर्षदेखि चर्चित छ । भक्तियोग , ज्ञानयोग र कर्मयोगको त्रिवेणी मुस्कुराएको यो गीतापश्चिमी जगत्काविद्वान्हरुले अझ बढी पारख गर्न सफलभएका छन् ।

पश्चिमी जगत्काविख्यात सन्तथोरो मानवबस्तीभन्दा केही पर कुटी बनाएर बसेकाथिए । उनलाई भेट्न जाने भक्तहरु सन्तको खाटमुनि गु‘डुल्की रहेका सर्पकाहुल देखेर उनलाई भन्थे — ‘ गुरुदेव , तपाई‘लाई यी सर्पहरुबाट डर हु‘दैन ? ’ थोरो मुस्कुराएर उत्तर दिन्थे — ‘ हेर भक्तगण , मेरो सिरानीमागीताको ग्रन्थ छ , त्यहीगीतामाताले मेरो रक्षा गर्छिन् । ’श्रीमद् भगवत्गीताले उनलाई प्रदान गरेको निर्भयताकतिगहिरो र अग्लो छ । श्रीकृष्णचन्द्र पूर्ण पुरुष र लीलावतार हुन् । भगवान् वेदव्यासले श्रीमद्भागवत्माउनको दिव्यलीलाको वर्णन गरेका छन् । यो ग्रन्थश्रीकृष्णलीलाको अमृत पयोनिधिहो । वास्तवमाभगवान्मा छ गुण आवश्यक हुन्छन् जस्तै —ः ऐश्वर्य , धर्म , यश , शोभा , ज्ञान र वैराग्य ।हो , कृष्णमा यी सबै पक्ष सुशो–भित भएर रहेको भेट्टाइन्छ । पाण्डवहरुको परित्राण गर्ने यिनमाविराट् व्यक्तित्वभएकैले भागवत् यसरी बोल्छ ‘ गोप्यःकामाद् , भयात्कंशो , द्वेषाच्चैद्यादयो नृपाः। सम्बन्धात् वृष्णयः स्नेहात् , यूयं भक्त्यावयं विभोः ’ अर्थात् — कृपाका समुद्र भगवान् श्रीकृष्ण गोप—गोपिनीहरुलाई प्रेमले , कंशादि राक्षसहरुलाई भयबाट , शिशुपाल , दन्तवक्त्र जस्ता राजालाई द्वेषले , यदुवंशीलाई पारिवारिक संबन्धको माध्यमबाट अनि पाण्डवहरुलाई स्नेहmमार्फत र अन्यमाभक्तिमार्गबाट आफूप्रतिआकर्षण गर्ने क्षमता राख्थे । ‘कर्मण्येवाऽधिकारस्ते माफलेषु कदाचन , भन्ने सूक्ति सधैं कर्मवादको मैदानमाहामीलाई कबाज खेल्न उत्प्रेरणा भरिरहन्छ भने ‘ भगवानपिविश्वात्माभक्तानामभयङ्करः ’ भनेर भक्ति र ज्ञानको मार्गमा हिंडाउन उत्तिकै सफल छन् । त्यसैले सोह्र कलाले परिपूर्ण भगवान् श्रीकृष्ण पूर्णावतारकाव्यक्तित्वहुन् । यो जन्मोत्सवको पावनदिनमाहामीले कृष्णको चरित्रको गुदीपक्षमा डुबेर निष्कामकर्मयोगतिर पाइला अगाडि बढाऔं । नेपालका राजनीतिज्ञले प्रायःगीता पढेका छन् , तर विडम्बना उनीहरुले आफ्नो दैनिकजीवनमाउतार्न कन्जुस्यॉइ गरेकैले देशमाअहिले यो भयकारी स्थिति भएको हो । अब सवैले मुटुदेखि गीताज्ञानलाई व्यवहारमाउतार्नु अनिवार्य छ । केवलकर्मकाण्ड र खोक्रा पाण्डित्यले हाम्रा ज्ञान पोथीहरु अस्तित्वविहीन हुन्छन् ।
अस्तु