नेकपा मालेले छान्यो धादिङ जिल्लाको तीनै क्षेत्रमा उम्मेदवार

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷अघिल्लो संविधान सभाका जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा मालेले मंसिर ४ मा हुने भनिएको संविधान सभा निर्वाचनका लागि पनि धादिङ जिल्लाको तीन वटै क्षेत्रबाट उम्मेदवारी दिने भएको छ ।
शनिवार सम्पन्न भएको नेकपा माले जिल्ला कमिटी धादिङको पूर्ण बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको चयन गरेको हो । मालेका जिल्ला संयोजक शिवकुमार शाहीका अनुसार क्षेत्र नम्बर १ वाट भरत नेपाल,क्षेत्र नम्बर २ बाट हरीप्रसाद आचार्य र क्षेत्र नम्बर ३ वाट रामेश्वर सिम्खडालाई प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा चयन गरिएको हो । यसैगरी जिल्लावाट इन्दिरा बर्तौला,मैया सिम्खडा,टंकलाल श्रेष्ठ र तिर्थप्रसाद सिलवाललाई समानुपातिक तर्फको उम्मेदवारको रुपमा चयन गरी केन्द्रमा सिफारिश गरिएको शाहीले वताए ।