युथ फोर्सले बैधानिक बुथ कब्जा गर्छ ः बस्नेत

969 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ २३भदौ ।  युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधान सभाको निर्वाचनमा युथ फोर्स परिचालन गरी बैधानिक बुथ कब्जा गर्ने बताएका छन् ।
धादिङको नौबिसेमा आइतबार युवा संघ नेपालले आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्याक्रम तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै बस्नेतले भने हामी एभ्रि बुथ इफेक्टिभ युथको नारा लिएर बैधानिक बुथ कब्जा गर्छौं । नेपाली जनतालाई कसैको डर धम्किबाट मुक्त दिलाई आफुले रोजेको पार्टीलाई भोट हाल्न पाउने वातावरण सिर्जना गर्न युथ फोर्स परिचालन गर्ने बताए । एमाले प्रति जनलहर उर्लिएको बताउँदै मतको संरक्षण गरे मात्र पनि एमालेले धेरै स्थानमा विजय हासिल गर्ने बताए ।
सोही कार्यक्रममा महिला युथ फोर्सकी अध्यक्ष निरु पालले महिलाहरुको मताधिकार सुरक्षित गर्न महिला युथ फेर्स निर्माण गरेको बताइन् । पालले महिला फोर्सको काम मतदान केन्द्रमा पानी खुवाउने, बृद्ध असाहयको हेचाह गर्ने र स्वएमसेवकको भुमिका निर्वाह गर्ने बताइन् ।