राप्रपाले पठायो धादिङबाट ३१ जनाको नाम

773 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी संविधान सभा निर्वाचनमा धादिङको क्षेत्र नम्बर १ वाट उठाउने प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिश गरेको छ ।
शनिवार सम्पन्न भएको राप्रपा धादिङ १ नम्बर क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फवाट पुर्व गृहमन्त्री एवम राप्रपाका केन्द्रीय सदस्य बुद्धिमान तामाङका साथै जिल्ला नेताहरु सिंहवहादुर तामाङ,हरिगोपाल सिम्खडा र श्रीमती सावित्री क्षेत्रीलाई सिफारिश गरेको छ । यसैगरी क्षेत्रीय समितिले समानुपातिक तर्फ गणेशवहादुर अधिकारी,जितेन्द्र सिम्खडा,डिलवहादुर तामाङ,नवराज श्रेष्ठ,परशुराम तामाङ र गोपाल योञ्जनको नाम सिफारिश गरेको राप्रपाका जिल्ला सदस्य रामवहादुर तामाङले वताएका छन ।
अघिल्लो संविधान सभा निर्वाचनमा उम्मेदवारी नदिएका पुर्वमन्त्री तामाङलाई यस पटक राप्रपाको क्षेत्र नम्बर १ र २ को समितिले प्रत्यक्ष तर्फ सिफारिश गरेको छ ।
राप्रपाले जिल्लाको २ नम्बर क्षेत्रबाट प्रत्यक्ष तर्फ बुद्धिमान तामाङ, नन्दप्रसाद काप्री,विन्दा कंडेलको नाम केन्द्रलाई सिफारिश गरेको छ भने समानुपातिक तर्फ मनकुमार श्रेष्ठ,नन्दराम विक,शान्तिमााया गुरुङ,पार्वती कोईराला,भीमवहादुर मगर,बलवहादुर थापा र भक्तकुमार श्रेष्ठको नाम सिफारिश गरेको छ ।
क्षेत्र नम्बर ३ वाट प्रत्यक्ष तर्फ राप्रपाले जितवहादुर भण्डारी,प्रेमवहादुर अधिकारी,गीताप्रसाद आचार्य,तारावहादुर पाठक र कुलदेवी सिलवालको नाम सिफारिश गरेको छ भने समानुपातिकमा पुर्व मन्त्री एवम केन्द्रीय सदस्य ठाकुरप्रसाद शर्माका साथै जिल्ला नेताहरु खेमराज उप्रेती,सहदेव भारती, दिपक खरेल,रामचन्द्र अधिकारी,सानुराम घलेलाई सिफारिश गरेको छ ।