मलेखुवाट नौ जनाको नाम उम्मेदवारमा सिफारिश

904 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ धादिङ जिल्लाको मलेखु –रिचोकटार स्वाद अनुसारका माछाका परिकार, आलुचप र ताजा तरकारीका कारणले जति चर्चित छ ,संविधान सभा निर्वाचनका लागि विभिन्न दलले केन्द्रमा सिफारिश गरेको नाम एक पछि अर्को गरी मलेखुकै पर्न थालेपछि जिल्ला भित्र यतिवेला मलेखु निकै चर्चामा आउन थालेको छ । सदरमुकाम वाहिर रहेर पनि सबैदलको तर्फवाट उम्मेदवारहरु सिफारिश हुने क्षेत्रमा मलेखुनै रहेको छ ।
मलेखु रिचोकटारवाट धादिङ क्षेत्र नम्बर ३ को लागि प्रत्यक्ष तर्फ नेकपा एमालेले राजेन्द्र पाण्डे र जिल्ला उपाध्यक्ष भुमि त्रिपाठीलाई र समानुपातिकमा डाक्टर पुष्प कंडेल ,मिनराज कंडेल, मायादेवी शर्मा र धु्रवराज विकलाई सिफारिश गरेको छ । यसैगरी प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीले उत्तमराज कंडेल, नेपाली कांग्रेसले देवप्रकाश त्रिपाठीलाई र समानुपातिक तर्फबाट नेकपा मालेले तिर्थ सिलवाललाई सिफारिश गरिसकेको छ । मलेखु पछि जिल्लाको सबैभन्दा धेरै उम्मेदवार सिफारिश भएको गाविसमा सदरमुकाम रहेको नीलकण्ठ गाविस रहेको छ ।