आइफोन फाइभ एस लिनेको औंला काटिन सक्छ

680 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एप्पलले नयाँ संस्करणको आइफोन सार्वजनिक गरेपछि यसका विषयमा विभिन्न विश्लेषण र समाचारहरु आइरहेका छन्। यसको मूल्य, सुविधा र अरुसँगको तुलना। यसको सबै भन्दा धेरै चर्चा भएको सुविधा हो फिंगर प्रिन्ट (औंठा छाप)को। जुन आइफोन सार्वजनिक हुनु भन्दा निक्कै अघि देखी नै प्रविधि मञ्चहरुमा चर्चाको विषय बनेको थियो। आइफोनको होम बटनमा रहेको यो फिंगर प्रिन्टको सुविधाले फोन र त्यसमा रहेका डाटाको गोप्यतालाई बलियो पार्ने अपेक्षा गरिएको छ। तर सुरक्षा विज्ञ तथा अध्येताहरुले भने आइफोनमा रहेको यसखालको फिंगर प्रिन्टको सुविधाले फोन लिनेको सुरक्षामा नै खतरा पुरयाउने बताएका छन्।

डेलीमेलले सनफ्रान्सिस्कोका एक सुरक्षा र्फम लुकआउटका विज्ञ मार्क रोजर्सलाई उदृत गर्दै आइफोन एसमा रहेको यसखालको फिंगर प्रिन्ट सुविधाका कारण फोन बोक्ने व्यक्तिको औंला नै काटिन सक्ने समाचार लेखेको छ।Cheaper iPhone Apple lunching cheaper iPhone 5c and iPhone 5Sरोजर्सले विभिन्न क्षेत्रहरुमा सुरक्षित ग्याजेट तथा उपकरण अनलक गर्नका लागि पीडितहरुलाई चोरहरुले थप पीडा र यातना दिने गरेको पाएको बताएका छन्। यसखालको सुरक्षित सुरक्षित प्रविधिले अपराधको सँख्या बढाउने साथै अपधारीलाई थप आक्रामक क्रुर बनाउने विज्ञहरुले बताएका छन्। यसखालको अवस्थामा आइफोन फाइभ एस अनलक गराउनका लागि चोरहरुले फोन लिनेलाई बढि शारिरीक यातना दिने र हातको औंला नै काट्न सक्ने डेलीमेलले लेखेको छ।

आइफोन फाइभ एसमा हुने भनेर धेरै चर्चा भएको यो फिंगर प्रिन्ट सुविधाको प्रयोग गरेर मोबाइल लिनेहरुले आफ्नो मोबाइल बन्द गरेर राख्न साथै खरिद प्रक्रियाहरुको पहिचान राख्न सक्छन्। यसखालको सुविधा सबै फोनमा बनेर नै आएको हुन्छ। सेप्टेम्बर १० मा यो फोनलाई र्सार्वजनिक गर्दा एप्पलका विश्वभरको बजार व्यवस्था हेर्ने बरिष्ठ उपाध्यक्ष फिल शिलरले यसखालको फिंगर प्रिन्ट फोन प्रयोगकर्ताको औंठाको छापहरु फोनमा नै सुरक्षित हुने एप्पलको सर्भर वा आइक्लाउडमा सेभ नहुने भन्दै प्रयोगकर्तालाई सुरक्षा र गोप्यताको मामलामा निश्चिन्त हुन भनेका थिए।

फिंगर प्रिन्टलाई स्मार्टफोनमा नयाँ प्रयोगको रुपमा हेरिएको छ। त्यसैले गर्दा एप्पलको आइफोन फाइभ एस र्सच इन्जिन र सामाजिक सञ्जालमा सबै भन्दा धेरै खोजिएको शब्द बनेको छ। एप्पलको लागि धेरै सम्भावना भएको भनिएको चिनको सामाजिक सञ्जाल सिना वेबोमा यो उल्लेख्य खोजी भएको शब्द हो।

फिंगर प्रिन्टका कारण लुटेराहरुले फोनका कारण शारिरीक यातना दिने संभावना भएपनि एप्पलले यसको फिंगर प्रिन्ट सेन्सर क्यापासेटिभ भएको बताएको छ। जसका कारण यो धडकन नभएको औंलाबाट भने खोल्न सकिन्न दूरसंचार डट कमले  खबर  छापेको छ् ।