वेइमानको धन्दा, भागवण्डा

675 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दिपेन्द्र रिजाल
इमान, इज्यत र प्रेष्टिजको भाउको नाउ समुन्द्रमा डुब्न लागेको समयमा वेइमानहरुको दाउ चम्कनु र टेवल मुनिबाट हात लम्कनु सायद स्वभाविकै होला । कलीका हलीहरुका दलमली हेर्दा लाग्छ हामी ‘जीउ भारी, बुद्धि डाडापारी’कालाई जिउँदै वलीका बोका बनाउन के वेर ? वेइमानका घानमा परेपछि मै हुँ भन्नेको सान पनि गिर्छ, मान पनि गिर्छ । दाम हुनेको मात्र घैटोमा घाम लाग्ने र मुखमा माम लाग्ने भएकैले होला हरेकको आआफ्नै धन्दा चल्छ यहाँ । रात नै किन पर्खनु प¥यो र दिनमै घिन लाग्दो व्यवहार पनि देखियो, रीन लाग्दो व्यवहार पनि भोगियो । उम्ल्याउने, सुम्ल्याउने देखि कुम्ल्याउनेसम्मका व्यवशाय गरेर डण्डाँ घुमाइ अण्डा हात पार्ने प्रपञ्चमा भागवण्डाको स्थान पनि आउने रैछ ।
प्राकृतिक स्रोत साधनले भरीपूर्ण देश शेष हुन लाग्नुमा आखिर वेइमानको धन्दामा अण्डा परेकैले हुनुपर्छ । सीमित व्यक्तिले असीमित स्रोतको भागवण्डा लगाएको देख्दा डण्डा घुमाऊँ घुमाऊँ कसलाई नलाग्दो हो ! तर कुकर्मलाई आजकालका मानिसका धर्म र पर्मका रुपमा लिएकैले सत्कर्मको कुरा छेपाराको उखान जस्तै भएको छ ।
‘सक्नेले बाँडीचुडी घिचौँ, निर्दाहरुलाई थिचौँ’ भन्ने मूल नारा जप्ने र आगोमा घिऊ थप्नेहरुले देशलाई पाउरोटी सम्झे जस्तो छन् । हुन त यो देश कसैका आमाको पेवा होइन, वाउको जीउनी पनि होइन तै पनि मुसाले जमिन काटे जस्तै गरी मातृभूमीलाई थोत्र्याइरहेछन् । हसुर्न मसुरहरुले भागवण्डाको तमाशा मञ्चन गरिरहेछन् अनि हामी जनता टुलुटुलु हेरी बस्न बाध्य छौँ । रेटको भागवण्डा उसतै, बजेटको भागवण्डा उस्तै, शीरको भागवण्डा उस्तै, जागीरको भागवण्डा उस्तै, दानको भागवण्डा, सम्मानको भागवण्डा, कदमा उस्तै भागवण्डा, पदमा उस्तै, जलमा उस्तै, दलमा उस्तै भागवण्डा, सुकुटीमा भागवण्डा, ढुकुटीमा भागवण्डा, रातमा भागवण्डा, जातजातमा भागवण्डा । जता हे¥यो उतै असीमित स्रोत साधनमाथि सीमित टाउके र लाउकेहरुका रजाईँ चलिरहेछ ।
हिजो मात्र एकजना शिक्षक मित्रले शिक्षा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित र पुरस्कृत भएको लिष्ट हेरेर मसँग प्रश्न गरे ः– सर हामीजस्ता परिश्रमी र कर्तव्यनिष्ठ शिक्षक सम्मान र पुरस्कारका लागि योग्य हुँदैनन्, सम्मानित हुन कस्ता योग्यनाहरु चाहिने रहेछ ? उनको प्रश्न नसकिदै जवाफ दिएँ ः– सर तपाईँ नेपालमा बसेर कर्म निष्ठाको सम्मान किन खोज्नुहुन्छ । दैनिक विद्यालयमा कर्तव्यनिष्ठ भै काम गर्ने जनशक्ति कसैले सम्मान भेट्टाएको प्रमाण फेला पार्नुहुन्न्न । प्रायजसो विद्यालय हापेर शिक्षा कार्यालय, पाट्री कार्यालय धाउने, साँझ विहान गोडा मोल्ने र रसदपानी खुवाउने, कालोधनलाई सेतोमा परिणत गर्न सघाउने स्वच्छ छवी नहुनेका दिन साच्चै गयो नत्र शिक्षा कार्यालय र पाट्रीका भागबण्डामा चल्ने सम्मान र पुरस्कार कामको सोझो गर्नेलाई कहाँ प्राप्त हुन्छ त्यसमाथि ग्रामीण भेगमा पढाउने, ठगठाग गर्न नसक्ने, नेताको पिछलघु नगर्ने र इमान इज्यतमा दख्खल राख्नेका सम्मानित हुने दिन आउँदैन अवश्य । हुन त यो सानो नमुना मात्र हो भागवण्डाको सडकदेखि सदनसम्म भागवण्डीय चक्रव्युहमा नफसेको क्षेत्र कहीँ छैन ।
झण्डा र डण्डा घुमाउन नसक्नेलाई भागवण्डा कौवालाई वेल जस्तै हो भन्दा अत्युक्ति नहोला अब त हुँदा हुँदा भागवण्डीय प्रथाले गर्दा स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका परीक्षाको रिजल्ट –पास÷फेल)मा पनि भागवण्डा चल्न थालेको छ । आरक्षण र विशेष कोटाका नाममा छोटा राजनीति गर्नेहरुले चलनमा विचलन मात्र होइन यो भूगाmेमा भद्रगोल मच्चाइरहेछन् ।
बजेटलाई पनि विना काम चेट पार्ने मूलमन्त्र यही भागवण्डा हो । स्थानीय स्तरको २÷४ दलीय विकास बजेटको भागवण्डाबाट विकृत परिभेष नराम्ररी ग्रसित भएको छ । पियनदेखि जियमसम्म, नियमदेखि निगमसम्म भागवण्डाले वितण्डा मच्चाइरहेको जगजाहेर छ, त्यसैले विद्युत प्राधिकरणदेखि दूरसञ्चारम्मका टाउके र लाटकेको अक्तियारले सातो उडाएको छ सोर्सफोर्स र आफन्तवादको दलदलमा फसेको व्युरोक््रयासीमा वेइमानको धन्दा भागवण्डामै अल्झिएको छ यसबाट व्याकूल तमाम नेपालीको आर्तनाद कसले सुन्ने ? अस्तु !

नेकपा एमालेले मंगलवार सांझमात्र जिल्लाको तीन वटै क्षेत्रवाट उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । नेकपा एमालेको तर्फवाट धादिङको क्षेत्र नम्बर १ मा धनवहादुर घले,क्षेत्र नम्बर २ वाट गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नम्बर ३ मा राजेन्द्रप्रसाद पाण्डेको नाम सार्वजनिक भएको छ । एमालेले यस अघि क्षेत्र नम्बर १ का लागि डाक्टर रामकुमार अधिकारी र शम्भु थापाको नाम वाहिर ल्याएपनि अन्तिम समयमा आएपछि भने धनवहादुर घलेको नाममा टिकट दिएको हो । एकीकृत नेकपा माओवादीले धादिङ जिल्लाको तीन वटै क्षेत्रमा अघिल्लो संविधान सभामा निर्वाचित पुष्पविक्रम मल्ल–१,कल्पना धमला–२ र शालिकराम जमकट्टेललाई पुन ः मैदानमा उत्रार्ने निर्णय यस अघिनै गरिसकेको थियो ।
यसै गरी अर्को प्रमुख दल नेपाली कांग्रेसले पनि पटक पटक गरी टिकट पाउनेहरुको सूचिमा राख्दै धेरै जनाको नाम वाहिर ल्याएपनि अन्तिम समयमा आएर दुई जना नयां अनुहारलाई मैदानमा उतारेको छ । नेपाली कांग्रेसको तर्फवाट क्षेत्र नम्बर १ मा तिलक रुवाली, क्षेत्र नम्बर २ मा रामनाथ अधिकारी, क्षेत्र नम्बर ३ मा बुद्धलक्ष्मी लामाले यस पटकको सविधान सभा चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन । नेपाली कांग्रेसवाट दुईजना र नेकपा एमालेको तर्फवाट एक जना नयां अनुहारहरु मैदानमा उत्रिएका छन । नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ जिल्लाको क्षेत्र नम्बर ३ वाट २०६४ सालमा संविधान सभा सदस्यमा पराजित हुनु भएको थियो । यसै गरी एमाले पार्टीका पुर्व जिल्ला अध्यक्ष गुरुसाद बुलाकोटी धादिङ क्षेत्र नम्बर २ का लागि परिचित तर चुनावी मैदानमा नयां अनुहार हुनुहुन्छ । विगतमा क्षेत्र नम्बर १ वाट चुनावी मैदानमा उत्रिएपनि गृहक्षेत्रबा भने बुर्लाकोटीले पहिलो टिकट पाउनु भएको हो । क्षेत्र नम्बर १ मा एमालेले युवा उम्मेदवारलाई मैदानमा उतारेको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का अध्यक्ष समेत रहेका धनवहादुर घले यस पटक क्षेत्र नम्बर १ वाट चुनावी मैदानमा उत्रनु भएको हो । नेपाली कांगेस धादिङका सभापती अधिकारी २०६४ को संविधान सभामा पराजित हुनुभएको थियो । क्षेत्र नम्बर १ का रुवाली र क्षेत्र नम्बर ३ का लामा भने पहिलो पटक मैदानमा उत्रिएका व्यक्ति हुन ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा पुर्व मन्त्री बुद्धिमान तामाङलाई क्षेत्र नम्बर २ मा नन्दसाद काप्रीलाई र क्षेत्र नम्बर ३ मा जीतवहादुर भण्डारीलाई उम्मेदवार वनाएको छ । त्यसैगरी नेकपा मालेले पनि जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । मालेको तर्फवाट क्षेत्र नम्बर १ मा भरत नेपाल,क्षेत्र नम्बर २ मा हरी आचार्य र क्षेत्र नम्बर ३ मा रामेश्वर सिम्खडाले उम्मेदवारी दिएका छन । यस अघि जिल्लामा खासै चर्चामा नआएको नेपाल कम्युनिष्ट पार्टीले पनि जिल्लाको तीन वटै क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाको तर्फवाट मैदानमा उत्रनेहरुमा क्षेत्र नम्बर १ मा डिलवहादुर घिमिरे, क्षेत्र नम्बर २ मा गोमा लामिछाने र क्षेत्र नम्बर ३ मा कान्छा तामाङ रहेका छन । यी वाहेक अन्य दलको तर्फवाट पनि धादिङ जिल्लामा उम्मेदवारी पर्ने भएको छ ।