वैज्ञानिक दयानन्द बज्राचार्यको निधन

625 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं/वैज्ञानिक प्रा.डा. दयानन्द बज्राचार्यको आईतवार ६८ वर्षको उमेरमा निधन भएको छ ।photo स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बज्राचार्यलाई राजधानीको ओम अस्पतालमा लगिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपकुलपति रहिसक्नुभएका बज्राचार्यको जन्म वि.सं. २००२ सालमा काठमान्डुमा भएको थियो । बज्राचार्य सन् १९९८ देखि आठ वर्ष भारतबाट स्नातकोत्तर गर्नुभएका बज्राचार्यले जर्मनीबाट पीएचडी गर्नुभएको थियो । उहाँ लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा सलग्न रहनुभएको थियो । बज्राचार्यको विज्ञान प्रविधिसम्बन्धी ९ वटा पुस्तक कृतिहरू प्रकाशित छन् ।