धादिङ जिल्लामा महिला शशक्तिकरण बढ्दै

511 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/धादिङ जिल्लामा काम गर्ने अधिकांश महिलाहरुको गुणस्तरमा निकै सुधार आउन थालेको छ । महिला तथा बालबालिका कार्यालय धादिङकी महिला विकास अधिकृत भूला भण्डारीका अनुसार गत बर्षको तुलनामा यस बर्ष महिलाका क्षेत्रहरुमा काम गर्ने महिलाहरुको आर्थिक, सामाजिक, राजनैतिक शारीरिक हिसाबले निकै सुधार आएको हो ।
महिला तथा बालबालिका कार्यालय धादिङले दुःख परेका महिलाहरुलाई उनीहरुको समस्या हेरी महिला राहत कोषको खडा गरेको वताईएको छ । महिला राहत कोषले महिलाहरुको हिंसामा परेकाने प्रमाणको आधारमा र हिंसामा परेका महिलाको बयानको आधारमा राहतकोष वितरण गर्ने गरेको छ । राहतकोष स्थापनाले महिलाहरुको विभिन्न बिधवाहरुलाई हेरीे लैङगिक हिंसामा परेका महिलाहरुको लागि तत्कार उद्धार खर्च , औषधी खर्च र यातायात खर्च र महिलाहरुलाई कानुनी सहायता दिने, हिंसामा परेका महिलाहरुलाई काम गर्ने बातावरण मिलाइदिने जस्ता कामहरु गर्दै आइरहेको छ । धादिङमा यो बर्ष विभिन्न किसिमका घरेलु समस्या, बहुविबाहको मारमा परेका १४ जना महिलाहरुलाई राहत वितरण गरिसकेको छ ।