ट्वीट गरेर बन्द गर्नुस कम्प्युटर
521 पटक पढिएको
कार्यालयबाट निस्कन हतार भएको बेलामा कम्प्युटर बन्द गर्न बिर्सनु भयो? कम्प्युटर खुलै राखेर बाहिर निस्कनु भयो र्फकन समय लाग्ने भयो कम्प्युटर बन्द गर्नुपरयो। यस्तो अवस्थामा घर वा कार्यालय बाहिरैबाट तपाइँको कम्प्युटर बन्द गरिदिन्छ ट्वीटरले। घर वा कार्यालय भन्दा धेरै पर हुनुहुन्छ। या विदेशमा हुनुहुन्छ र घरमा कम्प्युटर खुलिरहेको छ भने त्यसलाई तपाइँले सजिलै बन्द गर्न सक्नुहुन्छ। अहिले सम्म तपाइँले ट्वीटरलाई माइक्रो ब्लगिङ साइटका रुपमा समय कटाउने वा विचार आदान प्रदानको माध्यमको रुपमा मात्र लिनु भएको होला। तर यो सामाजिक सञ्जाल तपाइँ निक्कै काम लाग्ने औजारको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यसका लागि तपाइँसँग ट्वीटर एकाउन्ट भने हुनुपर्छ। तपाइँ ट्वीटर चलाउनु हुन्छ भने तपाइँले विश्वको कुनै पनि कुनाबाट तपाइँको कम्प्युटरलाई शटडाउन, रिस्टार्ट, लगअफ गर्न सक्नुहुन्छ। त्यो पनि एउटा ट्वीट गरेर।
त्यसका लागि तपाइँले कम्प्युटरमा एउटा सानो सफ्टवेयर राख्नुपर्छ (सितैमा पाइन्छ) साथै तपाइँको कम्प्युटर पनि इन्टरनेटमा जोडिएको हुनुपर्छ। ट्वीटमाइपीसी नाम गरेको यो सफ्टवेयर राखिसकेपछि तपाइँले सफ्टवेयरमा तपाइँको ट्वीटर एकाउन्टलाई भेरिफाइ गर्नुपर्छ। त्यसपछि तपाइँको ट्वीटर एकाउन्ट र पासवर्ड उक्त सफ्टवेयरमा सेभ गरेपछि तपाइँले ट्वीटरको स्टाटस अर्थात् ट्वीटबाटै कम्प्युटरलाई शटडाउन, रिस्टार्ट, लगअफ गर्न सकिन्छ। बस तपाइँले आफ्नो ट्वीटर एकाउन्टबाट Shutdown, Restart, Logoff शब्द ट्वीट गरे मात्र पुग्छ।