पोखरामा बाहुन बाजा प्रदर्शन

1038 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरी पन्त

पोखरा – सधैंभरी दमाईलेमात्र बाजा बजाउनु पर्छ भन्ने मान्यता रहेको नेपाली समाजमा बाहुनले नै नौमती बाजा बजाएर सबैलाई आश्चर्य चकित तुल्याइदिएका छन्् । पोखराको लेकसाइडमा सम्पन्न सडक महोत्सवमा उनीहरूले प्रदर्शन गरेको नौमती बाजाले सबैलाई आश्चर्य चकित तुल्याएका हुन् । DSC_0872विगत ४ वर्षदेखि नौमती बाजा बजाउ“दै आएका धादिङ, खाल्टे–४ का ती बाहुन युवाहरूलाई पोखरामा ल्याउने जमर्को भने धादिङ–पोखरा सम्पर्क समितिले गरेको थियो । उनीहरूले बाजा बजाएर आफ्नो जीविकामात्र चलाएका छैनन्, बाहुनबाजा विकास अभियान, नेपाल नामक संस्था औपचारिक दर्ता गरेर पुरानो बाजा नौमती बाजा संरक्षणको अभियानमा लाग्नुका साथै सामाजिक कार्य पनि गर्र्दै आएका छन् । ‘बाहुन बाजाको चाहना, निःस्वार्थ समाज विकासको चाहना भन्ने मूल नाराका साथ अघि बढेको त्यस समूहले ‘का“धमा बाजा भिरेपनि छोड्या छैन जनै, बाहुनले फुक्दा पनि बज्दो रैछ सनाई’ भन्ने गीत सबैको ओठ–ओठमा झुण्ड्याउन र कान–कानमा पु¥याउन लागि परेका छन् । शुरुमा नौमती बाजा बजाउन घरपरिवारले बिरोध गरेपनि अहिले सबैले बुझिसकेका छन्, सहयोग भइरहेको छ, हाम्रो मुख्य पेशा नै यही हो, यसैको माध्यमबाट समाज सेवा समेत गर्नेछौं’ अभियानका सचिव प्रकाश दुलालले भन्नुभयो–‘शुरुमा घरपरिवारले बाजा बजाउनै विरोध गरे, पछि अरु बाजा बजाए पनि टेम्पो नबजाउन आग्रह गरे । त्यसले गर्दा हामीलाई केही कठिन त भयो । पछि सबैले बुझेपछि अहिले निकै सजिलो भएको छ । चार वर्षको अवधिमा विवाह, व्रतवन्ध लगायत विभिन्न ठाउ“मा गरी करिब दुईसय ठाउ“मा बाजा बजाइसकेका छौं । त्यसबाट हुने ६० प्रतिशत आम्दानी हामीहरूले बा“डेर लिने गरेका छौं र ४० प्रतिशत कोषमा जम्मा गरेका छौं । त्यो रकमलाई सबैले देख्ने गरी समाज सेवामा लागाउ“छौं ।’
१३ जनाको समूह बनाई अभियान चलाएका ती युवाहरूले बाजा किन्दामात्र चारलाख खर्च गरेको र त्यो खर्च एकवर्षमै कमाएको बताएका छन् । ती युवाहरू कक्षा आठदेखि १२ सम्म अध्ययनरत छन् । उनीहरूले आफ्नो अभियानलाई देशव्यापी चलाई हराउ“दै गएको नौमती बाजालाई पुनःजगाउने दावी गरेका छन् । बाहुनबाजा प्रदर्शनमा धादिङ–पोखरा सम्पर्क समितिमा आवद्ध व्यक्तिहरूको पनि सहभागिता रहेको थियो । ढाका टोपी लगाएका, एउटै रड्डका ज्याकेट र आफ्नो परिचयपत्र समेत बोकेका बाहुन युवाको बाजा प्रदर्शनप्रति महोत्सवमा सहभागीहरू आश्चर्य चकित हु“दै नाचेका थिए ।