चिसोले पढाइ प्रभावित

623 पटक पढिएको

सम्पादक: Dhadingnews.com

custom writers essay service

धादिङ । जाडो बढेपछि धादिङको उच्च पहाडी क्षेत्रमा रहेका विद्यालयहरुको पढाइ प्रभावित बनेको छ । बढ्दै गएको चिसोले गर्दा धादिङको दक्षिणी क्षेत्रमा पर्ने महाभारत लेक आसपासमा रहेका र उत्तरी क्षेत्रमा रहेका विद्यालयहरुको पढाई प्रभावित बनेको हो ।     धेरैजसो चेपाङ समुदायको बसोबास रहेको दक्षिणी धादिङको जोगिमारा, धुषा, महादेवस्थान र अधिकांश तामाङ समुदायको बसोबास रहेको उत्तरी धादिङको तिप्लिङ, झार्लाङ, लापा लगायतका गाविसका विद्यार्थीहरु चिसोका कारण विद्यालय आउनेक्रम घटेको शिक्षकहरुले बताएका छन् । विद्यालय आएकालाई पनि चिसोले गर्दा बाहिर घाममा राखेर पढाउने गरेको महादेवस्थान स्थित प्रजा प्रा.वि.का प्रधानाध्यापक कमल डल्लाकोटीले बताए । ‘१२ बजेसम्म घाम देखिदैन, २ बजेपछि ओजेल आइहाल्छ, चिसोले साना विद्यार्थीलाई चिसोले निकै सताएको छ ।’ डल्लाकोटीले भने, घाम लागेको बेला चौरको घाममा राखेर पढाउने गरेका छौं ।’
खुट्टामा चप्पल समेत लगाइ नसकेर एक सरो लुगा मात्रै लगाएर विद्यालय आइपुगेका विद्यार्थीलाई कोठामा राखेर पढाउन मुस्किल हुने र चिसोले पढाइमा ध्यान नदिने भएकोले चौरमा राखेर पढाउने गरेको उनले बताए । अधिकांश चेपाङ समुदायको बसोबास रहेको सिम्थलीमा रहेको प्रजा प्राविमा एक सय २४ जना विद्यार्थीहरु भएपनि अहिले एक सय जना पनि उपस्थित नहुने प्रधानाध्यापक डल्लाकोटीले बताए ।
चिसो बढ्दै जाँदा महादेवस्थान–७ को चिम्माङमा रहेको महादेवस्थान प्राविमा पनि विद्यार्थीहरुको उपस्थिति घटेको छ । ७४ जनाको भर्ना रहेकोमा केही दिनदेखि ५० जनाको हाराहारीमा मात्र विद्यार्थीहरु आउने गरेको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले बताए ।
गाउँमा नजिक विद्यालय नभएर दैनिक दुई घण्टासम्म पैदल हिँडेर विद्यालय आइपुग्न बाध्य विद्यार्थीहरुमा चिसोले झन समस्या थपिएको छ । जाडो बढेपछि जिल्लाका कतिपय विद्यालयले पारिलो घाम लाग्ने ठाउँमा विद्यार्थीलाई राखेर पठनपाठनलाई निरन्तरता दिएका छन् । जाडोले विद्यार्थीहरु आउनेक्रम घटेपछि विद्यार्थी फकाउन भनेपनि उनीहरुको ईच्चा अनुसार घाममा राखेर पढाउने गरेको जोगिमाराको राष्ट्रिय माविका शिक्षक गणेश अर्यालले बताए ।
गरिबीका कारण एक सरो विद्यालय पोसाकमा विद्यालय आइपुगेका विद्यार्थी न्यानो खोज्दै चौरमा घाम तापेर दिन वित्ने गरेको छ । कक्षाभित्र भन्दा खुला चौरको घाममा बसेर पढ्न रुचाउने शिक्षकहरुको भनाइ छ । चिसोका कारण यस क्षेत्रका विद्यालयहरुको जाडो बिदा समेत लम्बिने गरेको शिक्षकहरु बताउँछन् ।

-कमाण्डर पोस्ट दैनिकबाट 

765qwerty765