कौह्रा नृत्य प्रतियोगितामा नेपाल मगर बिद्यार्थी संघ प्रथम

1549 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२९ पुस – धादिङबेसीमा आयोजित जिल्ला स्तरीय कौह्रा नृत्य (चुटका) प्रतियोगितामा नेपाल मगर बिद्यार्थी संघ धादिङ जिल्ला कार्य समितिको कलाकार समुह प्रथम भएको छ ।DSC02724
मगर समुदायको राष्ट्रिय पर्व माघीको अवसर पारेर नेपाल मगर संघ धादिङ र लाङघाली बहुउद्धेश्यिय सहकारी संस्थाले सोमवार धादिङबेसीमा जिल्लास्तरीय कौह्रा नृत्य ( चुटका नाच) प्रतियोगिता आयोजना गरेको थियो । ६ वटा समुहको सहभागिता रहेको प्रतियोगितामा नेपाल मगर बिद्यार्थी संघ धादिङ जिल्ला कार्य समितिको कलाकार टोली प्रथम भएको हो । प्रतियोगितामा सगरमाथा युवा समुह सलाङ द्धित्तीय र मगर संघ मुलपानी गाउं इकाई तृत्तिय भएका थिए । यसैगरी सल्यानकोट र मैदीको मगर संघको टोलीले सान्त्वना पुररस्कार पाएका थिए । पुरस्कृत समुहलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर संघका मध्याञ्चल उपाध्यक्ष चित्रबहादुर लुङगेली, सभासदहरु धनवहादुरघले र गुरुप्रसाद वुर्लाकोटीले नगद र प्रसंसा पत्र प्रखान गरेका थिए । प्रतियोगितामा पहिलो हुने समुहलाई सात हजार दोश्रो हुनेलाई चार हजार , तेश्रो हुनेलाई तीन हजार र सान्त्वना हुनेलाई २ हजार नगद पुरस्कार दिईएको थियो ।
नेपाल मगर संघले आफ्नो राष्ट्रिय पर्वको अवसर पारेर मगर संस्कृतिको प्रचार प्रसार गर्ने उद्धेश्यले सोमवार जिल्ला स्तरीय कौह्रा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
नेपाल मगर संघका मध्याञ्चल उपाध्यक्ष चित्रबहादुर लुङगेलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सभासदहरु गंगालाल तुलाधर,गुरुप्रसाद बुर्लाकोटी,धनवहादुर घले र दिलमान पाख्रिनको बिशेष आतिथ्य रहेको थियो ।