नलाङमा साक्षरता कक्षा सञ्चालन

662 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-साक्षर नेपाल अभियानलाई सफल बनाउनको लागि जिल्ला शिक्षा कार्यालय धादिङको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक रुपान्तरणको लागि स्थानिय प्रयास नेपाल धादिङको ब्यबस्थापनमा नलाङ गाविसमा साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
नलाङ गाविस भित्रका १६ सय १ निरक्षर अभिभावकहरुलाई ३ महिना भित्र साक्षर बनाउने लक्ष्यका साथ ५७ जना साक्षरता सहयोगिकार्यकर्ता छनोट गरी साक्षरता सम्बन्धी ५ दिने तालिम सम्पन्न गरिसकेको सामाजिक रुपान्तरणको लागि स्थानिय प्रयास नेपाल धादिङका महासचिव नारायणकुमार श्रेष्ठले जानकारी दिनु भयो । यसै गरी नेपाल सरकारद्धारा प्रदान गरिने बृद्धा भत्ता, दलित भत्ता, एकल महिला भत्ता, विद्यालयबाट प्रदान गरिने छात्रबृद्धिको लागि अभिभावकहरु अनिवार्य साक्षर हुनु पर्ने निति नियम बनेको हुँदा साक्षर अभियान अति आवश्यक रहेको श्रेष्ठले बताउनु भयो । नलाङ गाविसमा साक्षर नेपाल अभियान सफल बनाउनको लागि साक्षरता सहयोगिकर्ताहरु लागि परेका छन् । आ–आफ्नो टोल छरछिमेक भित्र रहेका निरक्षर अभिभावकहरुलाई ३ महिना भित्र साक्षर बनाएर नलाङलाई निरक्षर मुक्त क्षेत्र घोषण गर्ने योजना रहेको छ । साक्षर अभियानलाई सफल बनाउनको लागि नलाङ गाविस भित्र रहेका राजनीतिकदलहरु, विद्यालय, बन समुह, आमा समुह, धारा समुह, कृषक समुह, सहकारी संस्था, वडा नागरिक मञ्च लगायत नलाङ सामुदायिक अध्ययन केन्द्रलाई आ–आफ्नो टोलका सदस्यहरुलाई साक्षरता कक्षामा समावेश हुन सबै अभिभावकहरुलाई आग्रह गरिएको जिल्ला शिक्षा कार्यालय अन्र्तगत रहेको नलाङ श्रोत केन्द्रका श्रोत व्यक्ति इश्वरकुमार श्रेष्ठले वताउनु भयो ।