अब जुत्ताबाट समेत मोबाईल चार्ज हुने

869 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हावा र पानीबाट मोबाईल चार्ज हुने प्रसङ्ग त तपाईले सुन्नु भएकै हो, तर जुत्ताबाट पनि मोबाईल चार्ज हुने खबरले भने तपाईलाई चकित पार्न सक्छ । अमेरिका बोस्टनमा रहेको राईस युनिभर्सिटीका छात्रहरुले यस्तो एउटा जुत्ताको बिकास गरेका छन, जसको मद्दतले मोबाईल चार्ज हुनेछ ।

मेकानिकल ईञ्जिनियरिङ बिषय लिएर अध्ययन गरिरहेका छात्रहरुले हिड्दा खेरि उत्पन्न हुने उर्जा शक्तिलाई एकत्रित गरेर मोबाईल चार्ज गरेर देखाई दिएका हुन । जुत्ताबाट मोबाईल चार्ज गर्न मिल्ने यो प्रबिधिलाई पेडिपावर नाम दिएको छ ।

यस प्रबिधिमा पेडिपावर जुत्ताको गति उत्पन्न हुने उर्जालाई एकत्रित गरि मोबाईलको ब्याट्रि चार्ज गर्न सकिनेछ । तेल र ग्यास फ्याक्ट्रिको लागी बिद्युतिय उपकरण बनाउने केमरन कम्पनिले यस्तो प्रबिधि बिकासमा सहयोग गरेको हो ।

अखबार नेपालबाट