भोटे नुनको महत्त्व

567 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कोषहरूमा पोषक तत्व पुर्याउन, रक्तचाप वाञ्छित बनाइराख्ने लगायतका कैयौँ महìवपूर्ण कार्यका लागि शरीरलाई नुन नभई हुँदैन ।  तर सबै खालका नुनको समान प्रभाव नहुने भएकाले स्वास्थ्यपयोगी नुन चिन्नु जरुरी छ ।  दैनिक खानपिनमा प्रयोग गरिने नुनमा सोडियम र क्लोरिन बाहेक लगभग अन्य पोषक तत्व हुँदैन ।  प्राकृतिक रूपमा उपलब्ध, अप्रशोधित, खनिज गुण भएको नुन सरहत्यस नुनले जैविक लाभ दिन सक्दैन ।
त्यसैले स्वास्थ्यका लागि शताब्दीयौँदेखि गुणकारी मानिएको सम्पूर्ण नुन हो भोटे नुन ।  लाखौँ वर्ष पहिले हिमालय क्षेत्रमा सिर्जना भएको भोटे नुनमा कैयौँ सूक्ष्म खनिज तत्वहरू हुन्छन् ।  यसको रङ हल्का गुलाफी हुन्छ ।
भोटे नुनमा ८४ प्रकारका खनिज, इलेक्ट्रोलाइट र अन्य महìवपूर्ण तत्व हुन्छन् ।  यसैकारण भोटे नुनलाई आफ्नो आहारामा समावेश गर्न सिफारिस गरिन्छ ।  भोटे नुन खाएमा शरीरमा कुनै पनि खनिजको आभाव हुन पाउँदैन भन्ने विश्वास छ ।  शरीरलाई अत्यावश्यक पाँच वटा महìवपूर्ण तत्व आयोडिन, म्याग्नेसियम, जिङ्क, फलाम रक्याल्सियम भोटे नुन पर्याप्त मात्रामा पाइन्छ ।  भूक्षयका कारण मानिसमा अयोडिनको कमी हुन थालेको र आयोडिनको कमीले थायराइड ग्रन्थीको समस्या बढ्नाले दैनिक उपभोग्य नुनमा कृत्रिम आयोडिन मिसाउनु पर्ने अवस्था छ ।  यसको प्राकृतिक समाधान भोटे नुन हुन सक्छ ।  भोटे नुनमा सोडियम पनि पर्याप्त मात्रामा हुन्छ ।  सोडियमले शरीरलाई दुष्प्रभाव पार्ने चर्चा बढी हुने गरेको छ तर अप्रशोधित सोडियम शरीरलाई आवश्यक पर्छ ।
सोडियमले शरीरमा रगतको मात्रा व्यवस्थापन गर्ने भएकाले रक्तचाप, मुटुको क्रिया र स्नायु सञ्चालनमा यसको महìवपूर्ण भूमिका रहन्छ ।  वैज्ञानिकहरूका अनुसार ९ देखि ५० वर्ष उमेर समूहका पुरुष र महिलालाई दैनिक १५०० देखि २३०० मिलिग्राम सोडियम आवश्यक पर्छ तर हामीले प्रायः विभिन्न खाद्य वस्तुका माध्यमबाट दैनिक सोभन्दा बढी प्रशोधित सोडियम ग्रहण गरिरहेका छौँ ।  एक सानो चम्चा भोटे नुनमा करिब चार सय मिलिग्राम अप्रशोधित सोडियम हुन्छ ।
भोटे नुन पानीमा हालेर नुहाउने पनि गरिन्छ ।  छालाको स्वास्थ्यलाई यसो गर्नु राम्रो मानिएको छ ।  भोटे नुनमा हुने खनिज र नेगेटिब आयनहरूले सजिलै छालाभित्र पसेर त्यहाँबाट विषाक्त तत्वहरूलाई बाहिर निकाल्ने भएकाले छाला स्वस्थ र चम्किलो बन्छ ।  स्वास्थ्यका लागि बहुउपयोगी भोटे नुन समुद्री वा तालतलैयाबाट बनाइँदैन ।  नेपाल, भारत, पाकिस्तान र भुटानको हिमालय क्षेत्रमा यो नुन पाइन्छ ।  एजेन्सी