धादिङ महोत्सव २०७० को तयारी तिव्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीसंग छलफल

605 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-“धादिङको दिगो विकास तथा अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पुर्वाधार” मुख्य नाराका साथ २०७० फागुन १७ गते देखि २५ गते सम्म पिडा २ गलौंदी त्रिशुली नदी किनारमा हुने राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७० को तयारी तिव्र परिएको छ ।1780622_1469580169928709_1691680398_n

              धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला विकास समिति धादिङको सहआयोजनामा संचालन हुन लागेको उक्त महोत्सवको तयारी स्वरुप मंगलबार जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीसंग छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफल कार्यक्रममा मुल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले महोत्सवका तयारीका वारेमा जानकारी गराउनु भएको थियो । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेल, स्थानीय विकास अधिकारी रमेश न्यौपाने लयागत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुले महोत्सवलाई उपलब्धी मुलक वनाउन आफ्नो आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।