कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

841 पटक पढिएको

सम्पादक: Dhadingnews.com

भक्तपुर,  – उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले गत माघ २५ गते संचालन गरेको कक्षा ११ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा संचालन भएको १० दिनभित्र परिषद्ले परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षामा ५२ हजार ४ सय ६२ जना परीक्षार्थी सहभागी भएकोमा ४१ हजार ५ सय १६ जना अर्थात ७९ दशमलव १४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षामा सहभागी मध्ये ३६ जनाको परीक्षा रद्ध गरेको उहाँले जानकारी दिनुभयो ।

परीक्षाफल www.hseb.edu.np‎  र www.hseb.ntc.net.np मा पनि थाहा पाउन सकिन्छ ।

उज्यालो अनलाइन