सातमहिने गर्भवतीलाई सङ्गिनी सुई

792 पटक पढिएको

सम्पादक: Dhadingnews.com

चितवन–सर्वसाधारणको स्वाथ्यमाथि बारम्बार चिकित्सकहरुबाट लापरबाही गरिएका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यसै शिलशीलामा पछिल्लो पटक चितवनको मुग्लिनमा एकजना स्वास्थ्यकर्मीले सातमहिने गर्भवतीलाई तीनमहिने सङ्गिनी सुई लगाइदिएको खबर सार्वजनिक भएको छ ।

download (1)

स्थानीय पाण्डे मेडिकलमा सात महिनाको गर्भवती धादिङ जोगिमारा–४ की २९ वर्षीया एक महिलालाई टिटीको सुई लगाउनुको सट्टा स्वास्थ्यकर्मीले सङ्गिनी सुई लगाई दिएका हुन् । मेडिकल सञ्चालक डिवी पाण्डेले गर्भवती महिलालाई सङ्गिनी सुई लगाइदिएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । पाण्डेले बच्चा जन्मिनु अघि र जन्मि सकेपछि पर्ने सबै खालको असरको जिम्मेवारी आफूले लिने बताएपछि पीडित परिवारसँग सहमति भएको पीडितका परिवारले जनाएका छन् । सुई लगाए लगत्तै पाण्डेले चिकित्सकहरुसँग परामर्श गरी घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पोख्रेलले सुई लगाएपछि पाण्डेले आफूसँग परामर्श गरेको बताउनुभयो । ठूलो समस्या नआउने भए पनि असावधानी हुनु राम्रो नभएको उहाँले बताउनुभयो । त्यसरी सुई लगाएको महिलाबाट छोरी जन्मिएमा अनुहारमा राँै पलाउन सक्ने डा.पोख्रेलले बताउनुभयो बिजनेश संसार डटकमले खबर लेखेको छ ।