शिक्षक युनियन धादिङमा देवप्रसाद त्रिपाठी

624 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१८ फागुन ः शिक्षकहरुको पेशागत साझा संस्था नेपाल शिक्षक युनियन धादिङको अध्यक्षमा देवप्रसाद त्रिपाठी निर्वाचित हुनुभएको छ ।1013890_1378146509070470_1806407901_n आईतबार धादिङबेसीमा सम्पन्न भएको युनियनको तेश्रो जिल्ला अधिबेसनले त्रिपाठीको अध्यक्षतामा नयां कार्य समितिको चयन गरेको हो । युनियनको अध्यक्षमा निर्वाचित त्रिपाठी वागेश्वरी उच्च मावि रिचोकटारका प्रधानाध्यापक एवम नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका पुर्व अध्यक्ष हुनुहुन्छ ।
नव गठित कार्यसमितिको महिला उपाध्यक्षमा देवकी सिम्खडा,संस्थागत उपाध्यक्षहरुमा ऋषिश्वर बुर्लाकोटी,दिवाकर रेग्मी,सचिवमा बिष्णुप्रसाद अधिकारी,सह सचिवमा ज्ञानु थापा,कोषाध्यक्षमा भरत रिजाल महिला सदस्यहरुमा सावित्री पौडेल,राधा तिमल्सेना,प्रमिला कंडेल,क्षेत्रगत सदस्यहरुमा बमवहादुर तामाङ,सुदन धरेल,बलराम इटनी,इश्वरी ढुङ्गाना र रामवहादुर कार्की चयन हुनुभएको छ ।युनियनको विधान अनुसार अल्पसंख्यक र समावेशी तर्फबाट सिर्जना भुजेल,प्रिति लामा,मानवहादुर थापामगर,हरि तामाङ र अमृतबाबु ढकाललाई चयन गरिएको छ ।
त्यसैगरी अधिबेशनले युनियनको केन्द्रिय प्रतिनिधिमा ध्रुवप्रसाद रिजाल,हरेराम बुर्लाकोटी,श्रीराम अर्याल,सीता श्रेष्ठ,तुलसीप्रसाद अधिकारी,खडकवहादुर श्रेष्ठ,रुद्रप्रसाद दनै,गोपाल अधिकारी,सविता अर्याल र कृष्णप्रसाद पन्तलाई चयन गरेको छ ।
नेपाल शिक्षक युनियन धादिङमा नेपाल राष्ट्रिय शिक्षक संगठन,नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक परिषद आवद्ध रहेका छन ।