नौबिसेमा निशुल्क आँखा शिवीर सम्पन्न

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 नौबिसे- धादिङको नौबिसेमा सञ्चालन भएको एक दिने निशुल्क आँखा शिवीरमा एक सय पचपन्न जनाले आफ्नो आँखाको परिक्षण गराएका छन् । नौबिसे स्थित नौबिसे स्वास्थ्य चौकिमा सोमबार भएको शिविरमा उक्त सँख्याका आँखाका बिरामीहरुले आफ्नो आँखाको परिक्षण तथा उपचार गराएका हुन् । आखाँको परिक्षण तथा उपचार गर्न आएका मध्ये १८ जना आँखाका बिरामीमा मोतिया बिन्दुको समस्या देखिएको स्वास्थ्य चौकिले जनाएको छ । मोतिया बिन्दु भएका आँखाका बिरामीहरुलाई आँखाको अप्रेसन गर्न काठमाण्डौ लगिएको छ । उनिहरुलाई खान बस्न तथा गाडि भाडा र अप्रेसन निशुल्क गरीएको छ । शिविरमा तिलगँगा आखाँ प्रतिष्ठान काठमाण्डौँका डाक्टर शँकर अधिकारी सहितको टोलिले बिरामीहरुको आँखा जाँच गराएका थिए । शिवीरमा आँखाका बिरामीहरुलाई निशुल्क टिकट र औषधि प्रदान गरीएको छ । तिलगँगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायीक आँखा केन्द्र, नौबिसे स्वास्थ्य चौकि, गाविसको कार्यालय नौबिसे र लायन्स तथा लियो क्लब अफ पिस खानीखोला धादिङको सँयुक्त आयोजनामा भएको शिवीरमा जिल्लाको नौबिसे, थाक्रे, तसर्पु , भुमेस्थान, जिवनपुर, केवलपुर, गोगनपानी लगायत गाविसबाट बिरामीहरु आफ्नो आँखाको परिक्षण तथा उपचार गर्न आएका थिए ।