राष्ट्रिय स्वास्थ्य कर्मी संघ धादिङको दोश्रो अधिबेशन बैशाख ६ मा

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल जिल्ला समिति धादिङको दोश्रो जिल्ला अधिबेशन आयोजक समिति गठन भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न संघको बैठकले अध्यक्ष रामप्रसाद सिलवालको संयोजकत्वमा ९ सदस्यिय अधिबेशन आयोजक समितिको गठन गरेको हो ।
अधिबेशन आगामी बैशाख ६ गते धादिङबेसीमा आयोजना गरिने वताईएको छ । अधिबेशनलाई सम्पन्न गर्न विभिन्न उप समितिहरुको पनि गठन गरिएको छ । यसरी गठन गरिएका उप समितिहरुमा रामप्रसाद सिलवालको संयोजकमा व्यवस्थापन उप समिति,वोधप्रसाद नेपालको संयोजकत्वमा प्रचार प्रसार, पूर्णध्वज श्रेष्ठको संयोजकत्वमा अर्थ संकलन,पार्वती न्यौपानेको संयोजकत्वमा अतिथी सत्कार र कृष्णलाल श्रेष्ठको संयोजकत्वमा समन्वय उप समितिको गठन गरिएको वताईएको छ ।