बूढीगण्डकीको विद्युत् खाकामा टुंगो लाग्यो

650 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,  – प्रस्तावित बूढीगण्डकी जलाशययुक्त आयोजनाको विद्युतगृह खाकामा टुंगो लागेको छ । सुरुङ खन्न नपर्ने बाँधभित्र वा बाहिर दुबै विकल्पमा विद्युत्गृह बनाउने गरी बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले प्रारूप (डिजाइन) पारित गरेको छ । यहीअनुसार आयोजनाको विस्तृ अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न समितिले परामर्शदाता फ्रान्सको ट्र्याक्टबेल इन्जिनियरिङलाई पत्राचार गरेको छ । समितिले वि.सं. ०७७ फागुन १४ भित्र आयोजना सम्पन्न गर्ने कार्ययोजना बनाएको छ ।
imagesपरामर्शदाताले समितिलाई ३ साताअघि बुझाएको ‘कन्सेप्ट डिजाइन’ प्रतिवेदनमा विद्युत्गृहबारे ३ विकल्प दिएर कुनै १ को टुंगो लगाउन आग्रह गरेको थियो । “उसैले दिएको कन्सेप्ट डिजाइनका विकल्पमध्ये पहिलोमा आयोजनाको डीपीआर बनाउन सुझाएका छौं,” समितिका कार्यकारी अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले भने, “उसले सोही आधारमा आयोजनाको डिजाइनका अतिरिक्त वातावरणीय र सामाजिक क्षेत्रमा पर्ने प्रभाव मू्ल्यांकन गरेर डीपीआर बनाउनेछ ।”
समय, लागत र ऊर्जाका हिसाबले पहिलो विकल्प नै उचित देखिएको उनको भनाइ छ । विज्ञ समूहसँग बृहत् छलफलपछि यस्तो निर्णय लिइएको उनले जानकारी दिए । कन्सेप्ट डिजाइनको दोस्रो विकल्पमा बाँधमुनि विद्युत्गृहबाहेक बाँधको केही माथिबाट डेढ किलोमिटर लामो सुरुङ बनाई घ्याल्चोकमा भूमिगत विद्युतगृह बनाउने उल्लेख छ । तेस्रो विकल्पमा ९ किलोमिटर लामो २ वटा सुरुङ बनाई दबुङमा बाँध निर्माण गरेर फिस्लिङसम्म सुरुङमार्फत पानी लगी विद्युत्गृह बनाउने छ ।
समितिले सन् २०२० पछि देशको विद्युत् मागका आधार क्षमता निर्धारण गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणसँग सुझाव मागेको छ । मन्त्रालयबाट सुझाव आएपछि ६ सय ३० वा ९ सय ४५ मेगावाटको निर्णय हुने देवकोटाले बताए । जुन क्षमतामा बनाए पनि वार्षिक २ अर्ब ५० करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
उनका अनुसार क्षमता निर्धारणपछि लागत निश्चित हुनेछ । “६ सय ३० मा बनाए २ खर्ब र ९ सय ४५ मा बनाए २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ,” उनले भने । परामर्शदाताले दिएको कन्सेप्ट डिजाइनअनुसार ६ सय ३० मेगावाटमा डिजाइन गर्दा दैनिक ९ देखि १२ घण्टासम्म आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । त्यस्तै, ९ सय ५४ मेगाावाटमा डिजाइन गरे ६ देखि ८ घण्टासम्म पूर्ण क्षमतामा उत्पादन हुनेछ ।
आयोजनाको विद्युत् उत्पादन लागत प्रतियुनिट ६ रुपैयाँ ३३ पैसा पर्ने अध्ययनले देखाएको छ । ट्र्याक्टबेलले समितिलाई बुझाएको प्रतिवेदनमा आयोजना आर्थिक एवं प्राविधिक दृष्टिले सम्भाव्य देखाएको छ । अमेरिकी डलर कमजोर भए आयोजनाको लागत पनि घटी विद्युत् उत्पादन सस्तो पर्नेछ । जलाशययुक्त आयोजना भएकाले यो लागत सस्तो हो ।
पहिलो २ वर्षमा सम्भाव्यता अध्ययन, पुनर्बास र पुनःस्थापना, वित्तीय व्यवस्थापान र ठेक्कापट्टा काम सकेको ५ वर्षमा निर्माण सम्पन्न हुनेछ । आयोजनाले विदेशी लगानी ल्याउनुका साथै कर्मचारी सञ्चय कोष, विभिन्न बैंक÷वित्तीय संस्था र सर्वसाधारणबाट लगानी जुटाउने योजना तयार गरेको छ ।
बूढीगण्डकी बनेपछि देश लोडसेडिङमुक्त हुनेछ । यो राष्ट्रिय गौरवको आयोजना पनि हो । परामर्शदाताले आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्नुका साथै आयोजनालाई निर्माणको चरणमा पु¥याउन बोपलत्रसमेत तयार गर्ने जिम्मेवारी पाएको छ ।
बाँधको उचाइ करिब २ सय २५ मिटर अग्लो हुने समितिले जनाएको छ । बाँध निर्माणसँगै गोरखा र धादिङका २३ गाविस प्रभावित हुने यो आयोजना विश्वका ठूला र अग्ला बाँध भएका ३६ आयोजनाभित्र पर्छ । नदीको ५० किलोमिटर माथिसम्म ताल बन्नेछ कारोवार डेलि अनलाईनले खवर लेखेको छ ।