डुम्रिचौरमा आमा समुहमा एचआईभि एड्स तथा यौनरोग सचेतना कार्यक्रम

648 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कल्लेरी–प्रवासी र तिनका परिवारका लागि एचआईभि एड्स तथा यौनरोग सचेतना कार्यक्रम अन्र्तगत कल्लेरी गाविसको वडा नम्बर ३ डुम्रिचौरमा आमा समुहका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
ग्लोबल फन्डको सहयोगमा सेभ द चिल्डे«न मार्फत धादिङ जिल्लामा नागार्जुन डेभलपमेण्ट कम्युनिटि ( एनडिसि)ले संचालन गर्दै आईरहेको प्रवासी र तिनका परिवारका लागि एचआईभि एड्स तथा यौनरोग सचेतना कार्यक्रम अन्र्तगत आईतवार डुम्रिचौरको सरस्वती माविमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एचआईभि ,एड्स के हो ? यो समस्या कसरी देखा पर्दछ, सर्ने माध्यमहरु,यस्वाट बच्ने उपायहरु,समस्या पहिचानका लागि सम्पर्क गर्ने निकाय लगायतका विषयमा छलफल गरिएको थियो ।
समुदायमा एचआईभि ,एड्स प्रतिको लाञ्छना तथा भेदभाव हटाउन आमा समुहको भुमिकाका साथै लक्षित वर्ग,यिनका जोखिमपूर्ण व्यवहार लगायतका बिषयमा एनडिसी धादिङका सामाजिक परिचालक सिर्जना राना र कल्लेरी २ का साथी शिक्षक नारायण खतिवडाले सहभागीहरुसंग छलफल गर्नुभएको थियो ।