विज्ञानसँग जोडिएको संस्कृति

632 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-डिल्लीराज ज्ञवाली
विज्ञान र संस्कृति दुई अलग विधा हुन्, दुई अलग विधा भएपनि यिनीहरुको बीचमा सम्बन्ध रहेको पाइन्छ । यसरी २ अलग विधाहरु जब एक आपसमा सम्बन्धित हुन्छन् तब एउटाका मूल्य मान्यतालाई अर्को पक्षले बलियो बनाउन भूमिका खेल्दछ ।
999601_182164241964959_890210197_aविज्ञानको कुनैपनि ज्ञान जन्मदेख मृत्युसम्म पनि बुझेर सकिँदैन । तत्वको सानो परमाणुका बारेमा पनि हामीले पाउनु पर्ने जति सम्पूर्ण ज्ञान प्राप्त गर्न सकेका हुँदैनौँ किनकी यसका विविध पक्षमा अध्ययन अनुसन्धान भइरहेको हुन्छ । विज्ञानले प्रमाणित नभएका मूल्य–मान्यतामा विश्वास गर्दैन । त्यसैले प्रमाणित नगरी अनुमानका भरमा प्रचलनमा ल्याइएका विषयवस्तुलाई विज्ञानले झुटो सावित गर्छ । जस्तै ः सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने मान्यता सत्य हुन सकेन र झुटो सावित भयो किनभने पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको प्रमाणहरु प्रमाणित भए ।
विद्युत प्रवाह हुँदा इलेक्ट्रोनको वहाव धनात्मक ध्रुवबाट ऋणात्मक ध्रुवतिर हुन्छ भन्ने गरिएका भनाइहरु प्रमाणित हुन सकेन र ऋणात्मक ध्रुवबाट धनात्मक ध्रुवतिर जानेकुरा प्रयोगबाट सिद्ध भयो ।
हाम्रो संस्कृतिका विधिध क्रियाकलापहरु मध्ये केहीलाई विज्ञानले मान्दैज भने केही यस्ता क्रियाकलाप पनि छन् जसलाई विज्ञानसँग जोड्दा निकै सान्दर्भिक लाग्छ । साथै संस्कृतिमा चलाइएका केहि क्रियाकलापलाई परिमार्जन गरी वैज्ञानिक बनाउन खोजेको पनि पाइन्छ । यहाँ यस्ता क्रियाकलाप मध्ये केही क्रियाकलापलाई विज्ञानसँग जोडेर संस्कृतिलाई सकारात्मक रुपमा बुझ्न बुझाउन खोजिएको मात्र हो । यसको विषयवस्तु जोड्नु अघि संस्कृति के हो ? विज्ञान के हो ? भन्ने कुरालाई परिभाषित गर्न सान्दर्भिक होला ।
संस्कृति भनेको के हो त ? नेपाली शब्दसागरले संस्कृति शब्दलाई यसरी परिभाषित गरेको छ, “कुनै राष्ट्र वा जातिको सर्वाङ्गिण प्रतिबिम्ब देखिने शिल्प, विचार–दर्शन आदि क्रियाकलापलाई संस्कृति भनिन्छ ।” यसरी राष्ट्र वा जातिको प्रतिविम्बन दर्साउने हुनाले सुषुप्त अवस्थामा रहेका संस्कृति जोगाउन नेपालका विभिन्न जाति वा समूह पछिल्लो दशकमा निकै सक्रिय भएको पनि देखन्छ विज्ञान के हो ? what is science विज्ञानलाई विभिन्न तरीकाले परिभाषित गरेको पाइन्छ, सामान्यत विज्ञानलाई यसरी परिभाषित गरेको पाइन्छ । science is systematic, structural, functional & verified knowledge. यसकारण कुनै वस्तुको वनावट र कार्यका वारेमा क्रमवद्ध रुपले प्रमाणित भएको ज्ञान नै विज्ञान हो ।
त्यसैगरी Oxford disctionary ले science शब्दलाई यसरी अथ्र्याएको छ । ू”Knowledge about the structure & behaviuor of the natural physical world, based on facts that you can prove.”
तसर्थ विज्ञानले दिने ज्ञान प्राकृतिक भौतिक संसारमा कुनै वस्तुको वनावट र व्यवहारलाई तथ्यबाट प्रमाणित भएको हुनुपर्छ । विज्ञानसँग जोडिएका केहि सांस्कृतिक र धार्मिक मूल्यमान्यता निम्न अनुसार छन् ।
वेल वृक्षको सम्बन्ध विज्ञानसँगः–
 वडादशैंको फूलपातीमा वेलको दाना र पातलाई फूलपातीका रुपमा घरमा भित्र्याइ पुजा गरिन्छ ।
 शिव भगवानलाई वेलपत्र चढाउँदा पापबाट मुक्ति मिल्छ भन्ने धार्मिक मान्यता छ ।
 वेलको रुखमा नित्य जल चढाउनेलाई सम्पूर्ण तीर्थमा स्नान गरे सरहको पुण्य मिल्छ ।
 नेवार समुदायमा छोरीको विवाह सर्वप्रथम वेलसँग गरिदएपछि वैधव्य (विधवा) वेहोर्नु नपर्ने विश्वास गरिन्छ ।
 त्यस्तै विज्ञानमा काँचो वेलमा व्याक्टेरिया अवरोधक गुण भएकाले जुका मार्ने क्षमता हुन्छ ।
 वेलमा चिनी रोग निको पार्ने क्षमता हुन्छ ।
 गर्मीमा वेलको सर्वत अति उपयोगी हुन्छ ।
 आयूर्वेदिक औषधि दशमूलारिष्टको एउटा प्रमुख द्रव्य वेल हो ।
वरपिपल वृक्ष र विज्ञानः–
धार्मिक वा पुण्य कमाउन विशेष गरी वाटो र उकालो ठाउँमा वरपिपलको चौतारी बनाइन्छ ।
 पिपलमा पानी चढाइ ग्रहदशा लागेर दुःख नहोस भनी विष्णु भगवानको सम्झना गरिन्छ ।
 गौतम वुद्धले पनि पिपलको रुखमूनि ध्यान गरी बसेर ज्ञानबोध भएको
 त्यस्तै विज्ञानमा अक्सिजन धेरै दिने विरुवा भएकाले चौतारो बनाइदिदा स्वस्थता प्राप्त हुन्छ ।
उपवास वस्ने मान्यता र विज्ञानः–
धेरै पहिलेदेखि निश्चित पर्व वा हप्ताका कुनै दिन विभिन्न भगवानका नाममा उपवास बस्छन् । पानी मात्र खाने उपवासमा परिमार्जन हुँदै दुध वा फलफूल खाने गर्छन् र कतै उपवासलाई डाइटिङको नामबाट अन्न नखाने गरेको पाइन्छ । स्वास्थ्य विज्ञानले पनि मोटोपन घटाउन, शरीर भित्रका कोष तथा तन्तुलाई आराम गराउन १–२ छाक भात नखाइ(हप्तामा) फलफूल खानुलाई राम्रो मानिन्छ ।
विज्ञानको अर्थ नबुझि २÷४ शब्द उधारो ज्ञान घोकेको भरमा संस्कृतिको विरोध गर्नु कर्म सम्झनेहरु तथा संस्कृतिका पाठ सिकाउँदा विज्ञानको विरोध गर्नु धर्म सम्झनेहरुले आफ्नो मान तथा मर्यादाको बढ्दो मूल्यांकन गरेर अनुशासनको तगारो नभत्काइ २१औँ शताब्दीमा भइरहेका विज्ञानका उपलब्धिलाई राम्रो काममा मात्र प्रयोग गर्दै संस्कृतिका राम्रा पक्षलाई वैज्ञानिक तवरले स्वीकार्दै अघि बढ्न आवश्यक छ ।
यसरी हिजो देखि सँगै रहेका विज्ञान र संस्कृति आज मात्र होइन भोली पनि सँगै रहनुपर्छ जसका लागि हामीले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।

( विज्ञान शिक्षकः– श्री वागेश्वरी उ.मा.वि. बैरेनी, धादिङ)