धुषा दुमबाङका आकाश चेपाङ बने धादिङ तारा

869 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- शान्तिका लागि संगित भन्ने नारा सहित धादिङबेसीमा आयोजना गरिएको एकल गायन प्रतिस्पर्धाबाट छुट्टाछुट्टै दुईविधामा जिल्लाका दुईजना धादिङ तारा बन्न सफल भएका छन ।
SAM_1394धादिङ तारा २०७० को नाम दिएर आयोजना गरिएको एक महिना लामो एकल गायन प्रतिस्पर्धामा लोकगीत तर्फ धादिङ धुषाका आकाश चेपाङ र फुलखर्कका धनबबहादुर गुरुङ विजेता भएका हुन् ।
सि ग्रीन मिडिया हाउस काठमाडौंको आयोजनामा भएको प्रतियागितामा वरिष्ठ संगितकार एवं गायक शुरेश अधिकारी, वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा लगायतले निर्णय गरेका थिए । धादिङ तारा प्रतियोगितामा लोकगीत तर्फ विजयी हुने आकाश चेपाङ सिमान्तकृत चेपाङ समुदायका प्रतिनिधि हुन । रेडियो धादिङ १०६ मेगाहर्जमा चेपाङ भाषामा समाचार बाचक, कार्यक्रम प्रस्तोता एवं प्रविधिकको रुपमा काम गर्दै आउनु भएको छ । अडिसन राउण्डमा लोक गीत तर्फ २७ जनालाई पछि पार्दै उत्कृष्ठ ५ मा पर्नुभएका चेपाङ गएराती सम्पन्न धादिङ तारा २०७० प्रतियोगितामा एसएमएस र निर्णायकको मत दुबै गरी उत्कृष्ठ बन्नु भएको निर्णायक शुरेश अधिकारीले बताउनु भयो ।
सिमान्तकृत चेपाङ समुदायमा जन्मि हुर्केर पनि आफ्नो प्रतिभा उत्कृष्ठ ढंगबाट प्रस्तुत गरेकामा निर्णायक अधिकारीले आकाश चेपाङको प्रशंसा पनि गर्नुभएको थियो । प्रतियोगितामा चेपाङले सुनखानीमा सुन छ र घरमा पराल बारीमा बन्सो गीत गाउनु भएको थियो । त्यसैगरी आधुनिक गीत तर्फ उत्कृष्ठ बन्न सफल धनबहादुर गुरुङले भक्तराज आचार्यको गीत मुटु जलिरहेछ गीत प्रस्तुत गर्नुभएको थियो । धादिङतारा बन्न सफल दुबैजनालाई वरिष्ठ संगितकार एवं गायक शुरेश अधिकारी लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो । सि ग्रीन मिडिया हाउसले प्रतियोगिताका विजेताहरुको एक÷एक ओटा म्युजिक भिडियो निर्माण गर्न सहयोग गर्ने र उत्कृष्ठ ५ मा पर्न सफल सबै प्रतियोगिको एक÷एक ओटा गीतको म्युजिक भिडियो बनाउन सहयोग गर्ने सि ग्रीन मिडिया हाउसका निर्देशक सिसन तामाङले बताउनु भयो । गएराती आयोजना गरिएको धादिङ तारा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता हेर्न सरकारी कार्यालयका कर्मचारीहरु, नागरि समाजका प्रतिनिधिहरु लगाउतको उपस्थिति रहेको थियो ।